हाम्रो देश
१४ फाल्गुन २०७७, शुक्रवार

एक व्यक्तिले जिते १२ करोड भारुको चिठ्ठा, कर कटौतिपछि ७.२ करोड भारु हात पर्ने

भारतकाे केरलाको थोलान्बरा बसोबास गर्ने ५८ वर्षका पेरुन्न राजनलाई १२ करोड भारुको चिठ्ठा परेको छ । राजनले २०० भारुमा किनेको टिकटबाट उक्त रकम जितेका हुन् । चिठ्ठाको विजेता फेब्रअरी १० मा घोषणा भएको थियो । यसअघि पनि राजन विभिन्न चिठ्ठा किनिरहन्थे । विगतमा उनले पाँच हजार भारुसम्मको पुरस्कार जितेका थिए ।

राजनले जितेको क्रिसमस–नयाँ वर्ष बम्पर लटरी केरला सरकारले संचालन गरेको थियो । एजेन्सीका अनुसार कमिशन र कर काटेर बाँकी रहेको रकम राजनले ७.२ करोड भारु पाउनेछन् । राजनका अतिरिक्त चिठ्ठाको दोस्रो र तेस्रो पाउने व्यक्ति पनि घोषणा गरिएको छ । तिनले क्रमशः पाँच करोड र एक करोड पाउनेछन् ।

आर्थिक रुपमा कमजोर रहेका राजन पहिलेदेखि टिकट रकम किन्थे । चिठ्ठा किन्ने बानीबारे राजन बताएँछन् ,‘ एक दिन भाग्य फल्टिन्छ भन्ने मलाई विश्वास थियो ।’ राजनले प्राप्त रकमबाट पुरानो ऋण तिर्ने र केही पैसा छोरीको पढाईमा लगाउने बताए । त्यस्तै राजनले खाँचो परेका व्यक्तिलाई सघाउने पनि बताए । दुई छोरी र एक छोराका पिता राजनले आफूले संघर्ष गरेर पैसा कमाउन सिकेकाले पैसा फजुल खर्च नगर्ने बताए।

प्रतिकृया दिनुहोस्