हाम्रो देश
११ असोज २०७८, सोमवार

दुर्घटनामा घाईते अप्सरा भण्डारी पौडेलको निधन

गत सोमबार व्यास ५ चापाघा’टमा भएको सवारी दु’र्घटनामा परी गम्भीर घाईते भएकी अप्सरा भण्डारी पौडेलको नि’धन भएको छ ।व्यास १० निवासी पौडेलको उपचारका क्रममा राजधानी ग्राण्डी अस्पतालमा नि’धन भएको हो ।

ग १ ख ४२१५ नम्बरको यात्रुबाहक बस दु’र्घटना हुँदा पौडेल च्या’पिएर घा’ईते भएकी थिइन् । घाईते पौडेललाई तत्काल उपचारका लागि पोखरा लगिएको भएपनि थप उपचारका लागि हेलिकोप्टरमा काठमाण्डौं लगिएको थियो । काठमाण्डौंमा थप उपचारका लागि लगिएको उपचार सफल हुन सकेको थिएन ।

स्व. पौडेल जीपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा कर्मचारीको रुपमा कार्यरत थिइन् ।त्यस्तै उता उच्च शिक्षा अध्ययन र रोजगारको सिलशिलामा जापान गएका महेन्द्रनगरका एक युवकको मृ’त्यु भएको छ। दुई बर्ष अघि अध्ययनका लागि जापान गएका कञ्चनपुरको महेन्द्रनगर घर भएका कु’बेर धामीको शनिवार नि’धन भएको हो।

फुजी फु’डको बेन्तो कम्पनीमा काम गरेर मध्यरात कोठामा स’कुशल फर्किएका धामी राती १ बजे कोठामा साथीहरुसँग सु’तेका थिए। विहान ढिलासम्म सुत्ने गरेका धामी शनिवार बिहान सु’तेका होलान् भनेर काममा गएका कोठाका अन्य दुई जना साथीहरु दिउँसो फर्किदा समेत धामी सु’तिरहेको पाएपछि झस्किएका थिए।

आफुहरुले धामीलाई उठाउन खोज्दा हलचल नगरेपछि प्रहरीलाई खबर गरेको धामीका साथीहरुले बताएका छन्। प्रहरी आएर धामीको स्वस्थ लगायतको अवस्थाबारे चे’कजाँच गरेर अस्पताल लगेपछि धामीको पहिले नै नि’धन भईसकेको अस्पतालले पुष्टि गरेको थियो।

शनिवार साँझसम्म प्रहरीले धामीको श’व नियन्त्रणमा राखेर उनी अध्ययनरत कलेजसँगको समन्वयमा पो’ष्ट’मा’र्ट’म लगायतको काम गरिएको एनआरएन जापान सेन्दाई समितिका सदस्य अशाेक निरौलाले जानकारी दिएका छन्।३१ बर्षीय धामी सन् २०१९ अप्रिलमा जापान प्रवेश गरेका थिए।