काठमाडौँ, नेपाली सेनाले सेवा अवधि पुरा भएको एकथान एलोइट थर्ड हेलिकोप्टर त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसलाई सहयोग स्वरुप उपलब्ध गराएको छ । रक्षा मन्त्रालयबाट स्विकृती भएछि सेनाले हेलिकोप्टर सहित त्यसका पार्टपूर्जा समेत बुधबार क्याम्पसलाई हस्तानान्तरण गरेको हो । हेलिकोप्टर नेपाली सेनाका संभाररथी उपरथी प्रभुराम शर्माले क्याम्पसलाई हस्तानान्तरण गरेका हुन् ।
सेनाले २ चैत्र २०७५ मा अन्तिम उडान गरेको हेलिकोप्टर अध्ययन अनुसन्धानका लागि क्याम्पसलाई उपलब्ध गराएको हो । नेपालमै पहिलो पटक संचालन भएको एरोस्पेश इन्जिनियरिङ अध्ययनमा व्यवहारिक ज्ञानको लागी सेनाले उक्त हेलिकोप्टर उपलब्ध गराएको हो । सो हेलिकोप्टरले ४ हजार एक सय २१ घण्टा उडान तथा ९ हजार ७ सय ५२ पटक ल्याण्डिङ गरेको छ ।