हाम्रो देश
१४ फाल्गुन २०७७, शुक्रवार

मलेसियाले भन्यो : विदेशी सुरक्षा गार्डमा नेपालीको विकल्प छैन

काठमाण्डौ– मलेसियाले सुरक्षा गार्डको काममा नेपाली श्रमिकको विकल्प नरहेको स्पष्ट पारेको छ । मलेसियाले सुरक्षा गार्डको काममा नेपाली श्रमिकको विकल्पको रुपमा पाकिस्तानी श्रमिकलाई लिन लागेको भन्ने विषयमा बुधबार मलेसियाको गृह मन्त्रालयले नेपाली श्रमिकको विकल्प नरहेको स्पष्ट पारेको हो ।

विकल्पको रुपमा स्थानीय नागरिकलाई नै सुरक्षा गार्ड सम्बन्धी तालिम दिने र उनीहरुलाई नै सुरक्षा गार्डको काममा प्रेरित गर्ने मलेसियाले जनाएको छ । केही समयअघि मलेसियाले नेपाली श्रमिकको विकल्पको रुपमा पाकिस्तानबाट एक लाखदेखि एक लाख ५० हजारसम्म सुरक्षा गार्ड लिने भनेर पाकिस्तानको स्थानीय पत्रिका ‘द नेशन’ले खबर प्रकाशित गरेको थियो ।

प्रतिकृया दिनुहोस्