हाम्रो देश
११ असोज २०७८, सोमवार

भदौ ४ देखि पूर्ण लकडाउन

काठमाडौं– धरान उपमहानगरपालिकामा १० दिन लकडाउन हुने भएको छ। नगर प्रमुख तिलक राईको अध्यक्षतामा मंगलवार सम्पन्न कार्यपालिका बैठकले समुदायस्तरमै को’रोना फैलिएको भन्दै पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो।

को’रोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भदौ ४ देखि १३ गतेसम्म कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ। यसअघि धरानका राजनीतिक दलहरूले कोरोना संक्रमित र मृ’त्युदर बढेको भन्दै लकडाउन गर्न संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका थिए। विज्ञहरूले समेत लकडाउन गर्न सुझाव दिएका थिए।

सोमवार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको उपस्थितिमा आयोजना गरिएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धरानमा १० दिन ल’कडाउन गर्न सिफारिस गरेको थियो। प्रहरी प्रशासनसँगको समन्वयमा लकडाउन क’डाइका साथ लागू गर्ने र यसको कार्यान्वयनका लागि सबै वडाका टोल विकास समितिसमेत परिचालन गर्ने निर्णय नगरपालिकाले गरेको छ।

लकडाउनको समयमा औ’षधि, अत्यावश्यक खाद्यवस्तु र दुग्ध पदार्थमात्र विक्रीवितरण गर्न पाइनेछ। यस्तै, प्र’भावकारी अनुगमनको व्यवस्था मिलाउने, पीसीआर टेष्ट, एन्टिजेन टेस्टको दायरा बढाउने निर्णयसमेत बैठकले गरेको छ। व्यवसायीले भने लकडाउनको विकल्प खो’जिनुपर्ने सुझाव दिएका छन्।

लामो समयदेखि मारमा परेका व्यापारी व्यवसायीले अझै लकडाउनको मा’र खेप्न नसक्ने भन्दै यसको वि’रोध गरेका छन्। सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गि’रिधारी सापकोटाले अन्य शहरहरू खुला हुँदा धरानले मात्रै लकडाउन गर्नुको औ’चित्य नभएको बताए।