हाम्रो देश
११ असोज २०७८, सोमवार

सुन चाँदीको भाउ आज घट्यो

काठमाण्डाै – सुन चाँदीको भाउ आज घटेको छ । सुन तोलामा आज चार सय रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९० हजार ८ सय रुपैयाँ तोकिएको छ । यो हिजोको भन्दा चार सय रुपैयाँ सस्तो हो ।

यस्तै, हिजो तोलामा १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११ सय ८० रुपैयाँमा झरेको छ ।