हाम्रो देश
११ असोज २०७८, सोमवार

कडा निषेधाज्ञाको अवस्था आउन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेकै दरमा कोभिड–१९ संक्रमण बढ्दै गए फेरि कडा निषेधाज्ञाको अवस्था आउन सक्ने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै पछिल्लो समय चाडपर्वको बहानामा विभिन्न स्थानमा भिडभाड बढेको र स्वास्थ्य सुरक्षाको मापदण्डलाई बेवास्ता गर्ने गरिएकाले फेरि कडा निषेधाज्ञाको अवस्था आउन सक्ने जनाएको छ ।

मन्त्रालयले संक्रमण नियन्त्रणका लागि पहिलेको जस्तै निषेधाज्ञा गर्नुपर्ने अवस्था आउन नदिन मास्क लगाउन, भौतिक दूरी कायम गर्न, भिडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड इमानदारीपूर्वका पालना गर्न पनि अनुरोध गरेको छ ।