हाम्रो देश
१३ फाल्गुन २०७७, बिहिवार

कोरोना भाइ’रसलाई अ’ल्कोहलले एक मिनेटमै मा’र्न सक्छ

चीनबाट फैलिएको कोरोना भा’इरसले विश्वलाई नै आ’तंकित बनाइरहेको छ। चीनमा मात्र कम्तिमा १३ सय मानिसको कोरोना भाइरस संक्रम’णका कारण मृ’त्यु भइसकेको छ भने ४५ हजारभन्दा धेरै संक्र’मित भएका छन्।यसरी विश्वभर यो रह’स्यमयी भाइर’सले मानवमाथि ग’म्भीर सं*कट उत्पन्न हुँदा वैज्ञानिकहरु यो भाइ’रस नियन्त्रणबारे खोज अध्ययनमा लागेका छन्।

यहीबीचमा जर्मनीका दुईवटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले कोरोना भा*इरसको आयुबारे एक तथ्य पत्ता लगाएका छन्। उनीहरुले कोरोना भा*इरस ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा कमजोर हुने तथ्य पत्ता लगाएका हुन्। उनीहरुले तापक्रम बढेसँगै यो भाइ*रस कमजोर हुने दावी गरेका छन्।

अनुसन्धानकर्ताहरुले अल्कोहलले यो भाइरसलाई एक मिनेटमै मा*र्नेसमेत बताएका छन्। साथै डिसइन्फेक्टेट गरे यो भाइ*रस ३० सेकेण्डमै म’र्ने जनाइएको छ।यो तथ्यले कोरोना भा’इरसविरुद्धको लडा’ईँमा सफलता पाउन सकिने विश्वास अनुसन्धानकर्ताहरु दाबि गरेको अन्तरार्षट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यो पनि कोरोनाको शंका लाग्यो ? परिक्षण गर्न पाईदैन !

काठमाडौं । नेपालमै बसेका कुनै नागरिकले कारोना भाइरसको शंका लागेर परिक्षण गर्न चाहेमा तत्काल कोरोना भाइरस परिक्षण गर्न पाउने छैनन् । स्वास्थ्य मन्त्रालयले कोरोना परिक्षणका लागि बनाएको मापदण्ड अनुरुप कारोना परिक्षणका लागि उच्च ज्वरो आएको र चीनवाट फर्किएको हुनुपर्ने छ ।

‘हामीले चीनवाट फर्किएकालाई मात्रै कोरोना भाइरस परिक्षणको व्यवस्था गरेका छौं । नेपालमै बसेकाले कोरोना परिक्षण गर्न पर्दैन ।’ स्वास्थ्य मन्त्रालय एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने । नेपालमा कोरानाको कुनै संक्रमण नभएको दावी गर्दै ति अधिकारीले चीनवाट आएकाहरुलाई मात्रै परिक्षणको व्यवस्था गरेको बताए । कोरोना भाइरसको परिक्षण राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला टेकुमा हुने गरेको छ ।

वुहानवाट फर्किएकालाई परिवारका सदस्यले १४ दिनसम्म भेटन नपाउने चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न शनिबार दिउँसो २ ः ४५ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको वुहान जाने भएको छ।३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने छन् ।

वुहानबाट नेपाली विद्यार्थीलाई लिएर जहाज आइतबार बिहान २ः१५ बजे त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गर्नेछ । विभानस्थलमा अवतरण गरेपछि ति विद्यार्थीलाई सिधै खरीपाटी लगिनेछ । खरीपाटी स्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा ति विद्यार्थीलाई १४ दिनसम्म राखिने भएको छ।

ति विद्यार्थीको विभिन्न परिक्षण गरिने भएको छ भने १४ देखी १७ दिनसम्म उनीहरु क्वारेन्टाइनमा बस्नुपर्ने छ । १८० विद्यार्थीका लागि ६० कोठा तयारी अवस्थामा राखिएको छ भने ति विद्यार्थीका कुनै पनि अभिभावकले १४ दिनसम्म उनीहरुलाई भेटन पाउने छैनन् । स्वास्थ्य उपचारसंगै खानाको व्यवस्था पनि सरकारले गर्ने भएको छ भने चौविसै घण्टा स्वास्थ्यकर्मीमो निगरानीमा हुनेछन् । सरकारले ५० जना स्वास्थ्यकर्मीलाई विषेश तालिम दिएर राखेको छ । खरीपाटीका लागि ८६ जना चिकित्सक खटाईने भएको छ ।

चीनको बुहानवाट फैलिएको कोरोना भाइरसवाट अहिलेसम्म १ हजार ३०० को मृत्यु भैसकेको छ । बिहीवार मात्रै चीनको हुबेइ प्रान्तको बुहानमा २४२ जनाको मृत्यु भएको विभिन्न समाचार एजेन्सीले जनाएको छ । एकै दिन २४२ जनाको मृत्यु अहिलेसम्मकै धेरै हो ।

बुहानमा मात्र १४ हजार ८ सयमा यसको संक्रमण फैलिएको बताईको छ । नेपालमा चीनवाट फर्किएका २० जनामा कोरोना जाँच गरिएकोमा १ जनामा संक्रमण देखिएको थियो भने १९ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिकृया दिनुहोस्