हाम्रो देश
११ असोज २०७८, सोमवार

यिनै हुन् जसको आज सोमबार बिहे हुन जादै थियो तर …!

एजेन्सी । अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि त्यहाँको अवस्था राम्रो छैन । तालिवानले अमेरिकासंग सम्झौता गरेको भन्दै अर्को संगठन असन्तुष्ट छ । इस्लामिक स्टेटल संगठन तालिवानसंग असन्तुष्ट भएको हो । यो संगठन निकै हिं स क मानिन्छ । गत विहिवार काबुल विमानस्थलमा भएको घटनाको जिम्मा सोही संगठनले लिएको छ ।

वि स्फो ट मा १७० जनाको निधन भएको थियो । त्यसको बदलामा अमेरिकाले पनि ड्रोन ह म ला गरेको थियो । अमेरिकाले योजनाकार ह म ला मा प रे को दावी गरेको छ । यो घटना अझै जारी छ । आइतवार पनि सोही संगठनले विमानस्थलमा घटना दोहोर्याउने कोशिष गरिएको बताइएको छ । एक जना ब्यक्ति कार ब म वि स्फो ट गराउने योजनाका साथ अघि बढेको र त्यसलाई रोक्ने क्रममा थप घटना भएको अमेरिकाले जनाएको छ ।

वि स्फो ट लाई विफल पार्न अमेरिकाले फेरी आइतवार पनि ड्रोन ह म ला ग रे को थियो । जसमा सर्वसाधारण र बालबालिकाहरु पनि परेका छन् । योजनाकार घटनामा परे नपरेको भने पुष्टि भएको छैन । तर त्यस क्रममा अमेरिकी सेनाकै सहयोगीसमेत ९ जना सर्वसाधारण अफगान नागरिकको निधन भएको छ । जसमा ६ जना बालबालिका पनि छन्।

घटना हुन नदिन अमेरिकाले गरेको ड्रोन ह म लामा अमेरिकाकै लागि काम गर्ने अनुवादकर्ता जमरे अहमदी र पूर्वअफगान अधिकारी नसिर नजाबीको पनि निधन भएको छ । जसमध्ये नजाबीको आज (सोमबार) विवाह हुँदै थियो। उनी अफगान सेनामा अधिकृत भइसकेका व्यक्ति थिए।