हाम्रो देश
२२ फाल्गुन २०७७, शनिवार

नेपालका पहिलो शहीद लखन थापाको १ सय ४३औँ स्मृति दिवस मनाइँदै

काठमाण्डाै – आज नेपालका पहिलो शहीद लखन थापाको १ सय ४३औँ स्मृति दिवस । थापाको जन्मस्थल गोरखाको शहीद लखन गाउँपालिका ८ काे बुङ्काेटमा विभिन्न कार्यक्रम गरिँदैछ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि सहभागिता रहनेछ ।

विसं १९३३ फागुन २ गते तत्कालीन राणा शासकले बुङ्कोटको काहुले भङ्गारमा थापा र उहाँका सहकर्मी जैसिं चूमी मगरलाई फाँसी दिएका थिए ।
थापालाई नेपाल सरकारले २०७२ साल असोज ३ गते नेपालको पहिलो शहीद भएको मान्यता दिएको हो । दिवसका अवसरमा शहीद लखन गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।

प्रतिकृया दिनुहोस्