हाम्रो देश
१४ फाल्गुन २०७७, शुक्रवार

भृकुटीमण्डपमा शुरु भयो जुत्ता सेल मेला, ५० प्रतिशतसम्म छुट

काठमाडौँ । भृकुटीमण्डपमा विहीबारदेखि जुत्ता सेल मेला शुरु भएको छ । फागुन १ गतेदेखि २१ गतेसम्म उक्त सेल मेला जारी रहने मेला आयोजकले बताएका छन् । मेलामा १ सय देखि ५ सय रुपियाँ सम्मका चप्पल र ५ सयदेखि ८ हजार रुपियाँ सम्मका जुत्ता बिक्रीका लागि राखिएका छन् ।

शिखर सुज, रन सुज, बीएफ डीयर हिल, लेण्डवाक र सुल्याण्ड ब्राण्डका ५० थरीका जुत्ता चप्पलहरु यस मेलामा राखिएका छन् । क्यान इन्फोटेक मेलामा आउने अवलोकनकर्ताहरुको लागि लक्षित गर्दै जुत्ता सेल मेला आयोजना गरिएको मेलाका संयोजक तथा शिखर सुजका प्रोप्राइटर रामकृष्ण प्रसाईँले बताए ।

नेपाली उद्योगबाट उत्पादित आकर्षक र ग्राहकहरुका लागि किफायती जुत्ताचप्पल मेलामा राखिएको र भारी छुटमा पाइने भएकाले मौकाको फाइदा उठाउन ग्राहकहरुका लागि आयोजकले अनुरोध गरेका छन् । मेलामा १ लाख भन्दा बढीले अवलोकन गरी जुत्ता चप्पल खरिद गर्ने अपेक्षा राखेको रन सुजका प्रोप्राइटर रुद्रप्रसाद न्यौपानेले बताए ।

प्रतिकृया दिनुहोस्