हाम्रो देश
१३ फाल्गुन २०७७, बिहिवार

प्रेम दिवसकै दिन प्रेम प्रस्ताव अस्विकार भएपछि आत्महत्याको प्रयास

सिन्धुली : जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । सर्लाहीका २२ वर्षीय चन्द्र किशोर रायले आफैँले पेटमा गोली हानेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी प्रमुख (एसपी) रन्जु सिग्देलले जानकारी दिइन् । ‘प्रहरी जवान रायले शुक्रबार बिहान साढेसात बजे एक राउण्ड आफ्नै पेटमा गोली प्रहार गरेका छन्,’ उनले भनिन् ।

गोली प्रहारबाट राय गम्भीर घाइते भएका छन् । उनको सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौंस्थित नेपाल प्रहरी अस्पताल रिफर गरिएको छ । रायले डिउटीमा रहेका बेला नजिकैको अर्का प्रहरी जवानले बोकीरहेको लामो हतियार (राइफल) खोसेर आफैँलाई गोली प्रहार गरी आत्महत्याको प्रयास थिए ।

आफैँमाथी गोली प्रहार गर्नुको कारणबारे एकिन नभएपनि सँगै कार्यरत महिला प्रहरी जवानलाई प्रेमप्रस्ताव गर्दा अस्विकार गरेपछि उनले आत्महत्या गर्ने उद्देश्यले गोली हानेको हुनसक्ने अनुमान गरिएको छ । तर, एसपी सिग्देलले भने घाइते जावनले गोली प्रहार गर्नुको कारण नबताएको र अनुसन्धान पछिमात्रै थाहा हुने बताइन् ।

उनले भनिन्, ‘आज प्रणय दिवसको दिन पनि भएकाले कतिपयले यही अनुमान गरेका छन् । त्यस्तै हुन पनि सक्छ । तर, उसले गोली म आफैले हानेको हुँ मात्र भनेको छ । अरुलाई कुनै दोष छैन दिएको छैन । अहिले उपचारमा पठाएका छौं । उपचारसँगै हाम्रो अुनसन्धान जारी रहन्छ । यो विषयमा पछिमात्र एकिन जानकारी आउँला ।’

प्रतिकृया दिनुहोस्