नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले ‘भ्यालेनटाईन्स डे’ मनाएका छन्। फेब्रुअरी १४ तारिखमा मनाइने भ्यालेनटाइन्स डेमा उपाध्यक्ष बामदेव गौतमले आफ्नी श्रीमती तुलसा थापालाई गुलाफको फूल दिएका हुन्।
शुक्रबार बिहान बामदेव गौतमका छोरा हरिश गौतमले बुबाले आमालाई गुलाफको फूल दिएको फोटो हालेका हुन्। उक्त तस्विरमा बामदेव गौतमले आफ्नो घुँडाले टेकेर आफ्नी श्रीमतीलाई फुल दिएका छन्। ‘रोमान्टिक बाबा आमाको अगाडि हामी त फिक्का’ हरिशले लेखेका छन्।