हाम्रो देश
१४ फाल्गुन २०७७, शुक्रवार

कमल थापा र विश्वप्रकाशको जुहारीले बाबुराम रुष्ट, दिउँसै रात नपार्न चे’तावनी

काठमाडौं। समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रका लागि सहकार्य गरेका दलहरुबीचको दोहोरीले राजतन्त्रवादी हौसिनु शोभनीय नभएको बताएका छन् । बिहीबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति र त्यसमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको प्रतिक्रिया र राप्रपाका अध्यक्ष कमल थापाले उठाएको प्रश्नलाई लिएर अध्यक्ष भट्टराइले यस्तो बताएका हुन् । बिहीबार २५ औँ जनयु द्ध दिवसका अवसरमा नेकपा अध्यक्ष प्रचण्डले १२ बुँदे सहमतिमा हस्ताक्षरपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले फौजी आक्रमण बढाउन र ठूला आ’क्र’मण गर्न आग्रह गर्ने गरेको बताएका थिए ।

प्रचण्डको भनाइ लगत्तै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति नै निकालेर आपत्ति जनाएका थिए । उनले शान्ति प्रक्रियाको संयोजन गर्ने आफ्नो स्वर्गीय नेता कोइरालाप्रतिप्रति प्रचण्डले विवादास्पद अभिव्यक्ति दिएको प्रतिक्रिया दिएका थिए । प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि तत्कालै सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया जनाएका थिए ।

माओवादीलाई फौजी आक्रमण अझै बढाई दिन गिरिजाप्रसादले आग्रह गरेको भन्ने प्रचण्डको भनाईबारे उनले कांग्रेससँग आधिकारिक धारणा मागेका थिए । उनले प्रचण्डको अभिव्यक्तिले बाह्यशक्तिको मतियार माओवादी र माओवादीको हतियार कांग्रेस भन्ने स्पष्ट हुने प्रतिक्रिया दिएका थिए ।
अध्यक्ष भट्टराईले गणतन्त्र कसैको निगाहमा नभई जनताको रगले ल्याएको कुरा नभूल्न सबैमा आग्रह समेत गरेका छन् । उनले १२ बुँदे समझदारीका मुख्य सूत्रधार आफूहरु जिउँदै छँदाछँदै कसैले दिउँसै रात पार्ने कोशिस नगर्न आग्रह समेत गरेका छन् ।

गणतन्त्रका निम्ति सहकार्य गरेका प्रचण्ड र विश्वप्रकाश शर्माको जुहारीले राजतन्त्रवादी कमल थापालाई मात्र हौस्याएको देखिनु शोभनीय भएन’, सामाजिक सञ्जालमा भट्टराईले भनेका छन्, ‘१२ बुँदे समझदारीका मुख्य सूत्रधार हामी जिउँदै छँदाछँदै कसैले दिउँसै रात पार्ने कोशिश नगरून् । कसैको निगाहले हैन जनताको रगतले गणतन्त्र ल्याएको नभुलौं ।’

प्रतिकृया दिनुहोस्