हाम्रो देश
११ असोज २०७८, सोमवार

असाेज १ गते सार्वजनिक बिदा ?

विश्वकर्मा लोहार सेवा समितिले विश्वकर्मा पुजाको दिन सार्वजनिक बिदा दिन माग गरेको छ । समितिको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर बिदा दिन माग गरिएको समितिका सचिव विवेक शर्माले बताए । हिन्दुहरुले परापूर्व कालदेखी असोज १ गते विश्वकर्मा पुजा र आराधना गर्दै आएका छन् । ‘कलकारखाना, सिल्पि समुदाय, उद्योगहरु, विश्वकर्मालाई कुलदेवता मान्ने जातीहरु, निर्माण व्यवशायी, इन्जिनियर लगायतले धुमधामका साथ मनाउने यो दिनलाई देशको विविधताको सौन्दर्य स्वीकार्दै सार्वजिक विदा दिन माग गरिन्छ’ विज्ञप्तिमा भनिएको छ।