हाम्रो देश
१४ फाल्गुन २०७७, शुक्रवार

अमेरिकी बेस क्याम्पमा रकेट हमला

बगदाद : इराकस्थित अमेरिकी सुरक्षा फौजको बेस क्याम्पमा रकेट आक्रमण भएको छ । इराकको ग्रामिण क्षेत्र किर्कुकमा रहेको अमेरिकी ‘के १ बेस क्याम्प’मा रकेट आक्रमण भएको बताइएको छ । आक्रमणबाट मानवीय क्षति भएको वा नभएको भन्ने बारे कुनै विवरण बाहिर आएको छैन ।

एएफपी न्युजका अनुसार स्थानीय समय अनुसार बिहीबार पौने ९ बजे आक्रमण भएको थियो ।तत्कालै अमेरिकाले हवाइ सर्च अभियान सुरु गरेको थियो । उक्त क्षेत्रमा गत डिसेम्बर २७ पछि पहिलो पटक रकेट आक्रमण भएको हो । त्यसबेला अमेरिकाले हिजबुल्लाह समूहलाई घटनाको आरोप लगाएको थियो ।

प्रतिकृया दिनुहोस्