हाम्रो देश
६ कार्तिक २०७८, शनिवार

कल्पनाबहादुर र आशामाया(कथा)

परिस्थिती, भूगाेल, सामजिक संरचना, गरिबी, चेतना आदिले मानीसकाे जीवनमा निकैप्रभाब पार्दाे रहेछ नेपालकाे एउटा दुर्गम अशिक्षित गाउमा एउटा गरिब साेझाे, इमान्दार मान्छे बस्थ्य गाउँ पकृतीकाे सुन्दरता ले असाध्यै रामईलाे थियाे तेहाका बासिन्दा साेझा र सहयाेगी थिए तर केही ठालुबडाकाे भने बिकबिकि थियाे तेहि गाउमा कल्पनाबहादुर र अाशाकुमारीलाइ जीवन निर्बाह गर्नु आफ्नै कथा थियाे।

दिनभरि साहुकाे काम नगरे साझ हातमुख जाेड्न पाईदैनथ्याेतेसैले दिनहु भारि बाेक्ने मजदुरि गर्ने कामकाेखाेजीमा हिडिरहन्थे कतै काम नपायछी उनी गाउका मुखिया साफकाे घरमा गयर दिनभर काम गरेर साझ १ माना पिठाे खर्च बापत ल्यायर घरमा सिस्नाे टिपी छाक टार्थे।मुखियाकाे घरमा काम गर्दा कहिले काहीँ मुखिपाका कुरा सुन्थे देशमा राण शाषणछ हामी सबैले श्री ३ सरकारकाे बिराेध गर्न हु दैन पुजा गर्नु पर्छ भन्ने कुरा सुन्थे त्यहा हुने कचहरी,छलफल पनि आफ्नाे काम गर्दागर्दै लुकेर सुन्ने हेर्ने गर्थे ती सबै सुन्दा हेर्दा उनकाे मन, शरीर जिरिङ गर्थ्याे तर चु गरे खतम हुनु पर्ने उनी चुप रहन्थे। मुखीयाकाे घरमा दैनिक २ बुढाबुढी काम गर्ने भएकाले अलि बढि जसाे गाउघर,गाैडा र देशकैकुरा बुझि राख्थे ।

उनीहरुकाे नाममा अलिकति काल्नाे जग्गा थियाे उत्पादन केही हुदैनथ्याे अलि अलि खर मात्र हुन्थ्याे त्याे खर पनि तिराे तिरी दियबापत खर काटेर मुखीयालाई नैबुझाउने गर्थै। धनमाथीकाे रतिगेडी एउटा काल्नाे तैपनि भयकाे खर मुखीयालाइ दिनु पर्ने, हात नचलाय उनकाे मुखै बन्द हुने कति पिराईलाे जीवन बिचरा कल्पनाबहादुर र आश कुमारीकाे? मिठाे खाने, राम्राे लगाउने कसलाई लाग्दैन र ईच्छा चाहना भयर केगर्ने आम्दानीकाे श्राेत केही थियन खाली जीवन काम गर्दै साझ खर्च बापत लिएकाे आठाेले पेट धमिल्याउने बाहेक केही हुदैनथ्याे। उनीहरु रात भरि घरमा कल्पनाका कुरा गरेर छर्लङ्गै रात पठाउथे अगेनाेमा दाउरा सल्काउदै गफ र कल्पनामा दिवा स्वप्न देख्थे।

एकदिनकाे कुरा हाे देशमा राण शाषण अन्तेगरि प्रजातन्त्र स्थापनाकाे लागि आन्दाेलन भैरहेकाे कुरा सुने दुबै जनाले लामेा श्वास लियर भन्थे याे शाषण हटेर देशमा प्रजातन्त्र आयाेभने राेजगारिका अवसर आउथे हाेला ,परिबर्तन भैदिय हामी गरिबका दिन आउथेकी भनी कल्पनाबहादुरले गफ गर्दा आशामाया खुशीकाे आश गरेर मख्ख पर्थीन ।जनता राजा मिलेर राण शाषण अन्ते भै देशमा प्रजतन्त्र आयकाे खबर गाउमा सुने उनिहरुले अब खुसिका र सुखि दिन आउने भय भनेर खुसि भय तर देशमा केही फरक परेन, न राेजगारी सुरु भयाे न उद्याेग खुले न कुनै नया अवसर आयाे उनिहरुका कल्पना र आश पहिले झै थन्की रहे२०१५ सालतिरकाे कुरा हाे देशमा आम निर्बाचन भयाे देशमा बहुदलीय ब्यबस्था आयाे काँग्रेसकाे सरकार बन्याे अब ती कल्पनाबहादुर र आशामायाकाे कल्पना र आशामा फेरि चक्का थपियाेअबत केही हुन्छ हामी गरीबले केही काम गरेर स्वतन्त्र पूर्बक बाच्ने दिन आउछन भनेर, तर खासै कुनै परिबर्तन आयन उनका दिन उस्तै रहे।

२०१७ सालपाैष २२ गतेकाे कुरा थियाे राजा महेन्द्रले जनताबाट निर्बाचित सरकार अबदस्त गरि देशमा पञ्चायती ब्यबस्थाकाे थालनी गरे अबत केही मुक्ती भयर आफ्नाे दिनचर्यमा परिबर्तन आउछकि भनेरकल्पना र आशा बढ्याे २०१९ पाैष १ गते देशमा संविधान आयैाअब केही हुन्छ भनेर तिनिहरुकाे आश पलायाे तैपनि आशमै सिमित भए।२०२१ साल भाद्र १ गते देशमा मुलुकी ऐन आयाे, २०२४ सालमा गाउफर्क राष्ट्रिय, अभियान, भूमिसुधार लागू भाे यी सबै कुरा सुन्दा अब कल्पनाबहनदुरकाेमन कल्पनाले र आशामायाकाे मनमा आशाले छलाङै मारे तर उपलब्धी केही देखियन,बर्ग संघर्ष, दुई सदनात्मक सदन, शाेषणरहित समाजकाे सृजना, शक्ति पृथकी करण,भुमि हिन किसानलाई जग्गा उपलब्धका कुरा स्वतन्त्र न्यायपालिका कुरा सुनेर तिनिहरु मख्ख पर्थे तर जस्ताेथियाे उस्तै अबस्था भयपछि तिनीहरुका आखाका मुल कहिलेपनि सुकेनान२०३२ सालकाे कुरा हाे पञ्चायतमा संसाेधन भयकाे कुरा गाउका प्रधान पञ्चबाट सुने अब हामी जस्ता दुखिका दिन परिबर्तनका कल्पन गरे तर सार्थकता केही भयन।

२०३६ सालमा राजाबाट जनमत संग्ह घाेषण भयकाे कुरा थाह पायछि उनी दुबैजना पञ्चायतबाट केही नहुने देखेर आफ्न छाली दाैतरिलाई बहुदलमा भाेट हाल्न प्रचार गर्न थाले२०३७ सालमा जनमत संग्रहभयाे तर देशमा फेरि सुधारियकाे पञ्चायती ब्यबस्थाले जितेकाे कुरा सुन्दा उनीहरुकाे मनमा झनै चाेट थपियाे बहुदलकाे प्रचार गर्दा पुलिसकाे लठ्ठी खाकाे संझीय गरिबकाे जिन्दगीकाे गाथा यस्तै रहेछ न हाम्राे परिबर्तन न देशकाे यस्तै कल्पना।के सुधारिन्त्याे झनै देशमा अन्याय अत्याचार, पक्षपात मात्र माैलायाे पक्षपात र शाेषणले कतै छाेडेन यस्तै यस्तै हुँदै रह्याे बिचरा कल्पनाबहादुर रअ आशामायाका कल्पन र आशामायाका सपना थाती नै रहे अबत यिनीदुबैले आफ्नाे समस्यभन्दा नी देशकाे लागीमात्र साेच्न थाले ।

२०४६सालमानेपाली राजनैतिक दल नेपाली काँग्रेशस र सात बाम घटककाे संयुक्त जन आन्दाेलन फागुन ७ गतेबाट सञ्चालनभयाे याे आन्दाेलन नेपाली काँग्रेसका नेता गणेशमान सिहकाे नेतृत्वमा सञ्चालन भयकाे थियाे नेपाली जनता पनि आन्दाेलनमा ओइरीय५० दिनसम्म चलेकाे ,यश आन्दाेलनमा कल्पनाबहादुर र आशामाया पनि सरिक भय अन्तमा आन्दाेलनकाेअगाडी केही नलागेर राजा बीरेन्द्रबाट नेपालमा २०४६चैत्र २६गते नेपालमा बहुदलीय ब्यबस्थाकाे घाेषण भयाे जताततै देशमा खुसियाली फैलियाे आन्दाेलित दलका नेताबाट सरकार बन्याे अब सबैले देश र जनताकाे परिबर्तनकाे आशा गरे२०४७ सालमा संबिघान बन्याे २०४८सालमा देशमा आम िनर्बाचन भयाे नेपाली काँग्रेशकाे स्पस्ट बहुमत आयाे गिरिजाप्रसाद काेईराला देशकाे प्रधानमन्त्री भए र नेपाली काग्रेशकाे सरकार बन्याे अब जनतामा देशबिकासकाे ठूलाे आ शा पलायाे।

समय बिथ्दै गयाे जनताका आशाखासै पूरा हुन सकेनन सरकारमा पनि राजनैतिक पाटीमा गुट उपगुट हुन थाले यस्ताे अबस्था देखेर कल्पनबहादुर आशामायालाई दिक्क लाग्न थाल्याे अबत यिनी दुबै देश बिदेशका कुरा रम्राेसंग बुझ्ने जानकारभै सकेका थिय ।यस्तै २०५१ सालमा देशमा मध्याबधी निर्बाचन भयाे नेकपा एमालेकाे अल्पमतकाे सरकार बन्याे देशमा पहिलाेपटक कम्युनिष्ट प्रधानमन्त्री मनमाेहन अधिकारी भए तेसबेला थाेरै समयकाे सरकारबाट बृद्ध भत्ता, आफ्नाे गाउँ आफै बनाउ जस्ता कार्यक्रमलेले केही परिबर्तनकाे महसुस गरायाे तर नाै महिनामै सरकार ढल्याे अब नेपाली काँग्रेशकाे सरकार बन्याे शेरबहादुर देउबा नेपालकाे प्रधानमन्त्री बने।

तर देश र जनताकाे लागि केहिपनि नया कुरा भेटियन झन देशमा माउबादीकाे जनयुद्ध संचालन भयाे यसबेला ठाउँ ठाउमा पुलिस र मावबादी बिच आक्रमण भयाे देशमा आछु आछु भयाे कतै सुरक्षाक्रमी कतै माओबादी लडाकु काे मृतु हुने अपहरण हुने काम बढ्याे यतिमात्र कहाँ हाेर सर्बसाधार जनताले पनि दुख झेल्नु परि राखाे थियाे कतै पुलीसकाे त कतै माओबादीकाे चपेटामा यश बिचमा सरकार परिबर्तन हुने क्रम यथावत थियाे स्थिरता थियन।यस्ताे कठिन अबस्थामा दुख जति पाय पनि संयाेगले कल्पनाबहादुर र आशामायाबाच्न सफल भएका थिय । कहिले कहित ती दुबैजना सपनामा पनि तर्षन्थे आज सम्म बाचियाे भाेली केहाे यस्तै साेची साेची थकित हुन्थे ।२०५८ साल जेठ १९ गते राजदरबार हत्याकाण्ड भइ राजा बीरेन्द्रकाे बंश बिनास भयाे याे घटना संझदा दुबै बुढाबुढी केहुने हाे नेपालमा जनता र देश कहिले परिबर्तन हुने खाली बिबिध घटनाक्रकाे चाङमात्र हुने के भयाे हाम्राे देशमा भनेर बुढाबुढी सधै गफिन्थे। भारत, चिन अन्य देश संगै हाम्राे देशमा प्रजातन्त्र घाेषण भएकाे हाे तर ती देशकाे अबस्था कहापुग्याे तेहाकाे बिकास कसरी बढ्याे तर हामी नेपाली उस्ताकाेउस्तै भनी भाेकभाेकै बसि गफिन्थे।

समय बित्दै गयाे जनयुद्दमा हिडेकाे माओबादी र सरकार बिच पटक पटक सहमतीका लागि बार्ताका प्रयास भय अन्तमा बार्ता सफल भयाे १२ बुदे सहमती भयाे ।२०६२/०६३मा दाेस्राे जन आन्दाेलन भयाे आन्दाेलनकाे अगाडि राजा ज्ञानेन्द्रले घुडा टेके देशमा संविधान सभाकाे चुनाब हुने भयाे यस्ताे समाचार सुन्दा तीबुढाबुढी निकै खुशी भय अब देश हामीलेसाेचेझै हुने भयाे हाम्रा हक अधिकारकाे सुनिश्चत हुने भयाे नेपाली जनताले आफ्न प्रतिनिधिले बनायकाे संविधान पाउनेभयाै भनेर बुढाबुढी खुशी भय २०६४ सालमा संविधान सभाकाे चुनाब भयाे नेकपा मावाेबादी सबैभन्दा ठुलाे दल बन्याे पुष्पकमल दाहाल प्रधानमन्त्री भय माअाेबादीकाे सरकार बन्याे देशमा संविधान निर्माणका लागि कामहरु हुन थाले तर सरकारमा खटबट भै राख्याे सरकारमा स्थिरता अाउन सकेन माधब नेपाल, झलनाथ खनाल बाबूराम भट्टराई बिच बिचमा प्रधानमन्त्री भय यसबेला पनि आ आफ्नाे स्वार्थका कारण राजनैतिक पाटी बिच कुरा नमिल्दा देशले संविधान पाउन सकेन २०७० सालमा पुन संविधान सभाकाे निर्बाचन भयाे नेपाली काग्रेस सबभन्दा ठुलाे पार्टी बन्याे सुशील काेईराला प्रधानमन्त्री बने पुन संबिधान निर्माणकाे पर्क्रिया सुरु भयाे अबत संविधान बन्छ भनेर दुबै बुढाबुढी ढुक्क भय २०७२बैषाख१२र२९ गते नेपालमा ठूलाे भुकम्प गयाे देशमा धनजनकाे ठूलाे क्षति भयाे यश भूकम्पबाट बचेका कल्पना बहादुर आशामाया निकै चिन्तित भय प्राकृतिक प्रकाेप पनि यति नै बेला कस्ताे आपत यस्ताे बिपतिमा सबै राजनैतिक दल मिलेर संविधान ल्याइ दिय हुन्थ्याे भनेर कल्पना बाहेक उनीहरुले अरु केही गर्न सकेनन।

२०७२असाेज३ गते नेपालमा संविधान आयाे याे खबर सुनेर देशमा दिप प्रज्वलन, खुसिसाटसाट देशभर भयाे कल्पनाबहादुर र आशामायामा पनि खुसीकाे सिमा रहेन उमेरले बुढाे भयपनि दुबै जना खुसियालीमा रमाय नाचे बल्ल हाम्राे कल्पना र अाशा पूरा भयाे जन्मे देखिकाे लडाईकाे जित आज भयाे भनेर खुसिले गदगद भए।देशमा संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक संविधान साे अनुरुप शाषण ब्यबस्था सञ्चालन हुने जनताका हक अधिकारकाेसुनिश्निता, बिकासकाे लहर, गाउमा सिंहदरबार आउने कुराले खुसि हुँदै हामीलाइ यस्ताे देख्न भनेरनैबितेका आन्दाेलनले बचायछन भनेर बुढाबुढी आज सम्म कहिले यति खुसि भयनन याे जीवनकै पहिलाे खुसि थियाे धन्य लाेकतन्त्र २०७४साल मंसिरमा देशमा आम निर्बाचन भयाे देशका ठूला कम्युनिष्ट पार्टी नेकपाएमाले र नेकपा माओबादी एक हुनेभनि चुनाबी गठबन्दनगरि चुनाब लडे जनताले देश बिकास,संघीयता कार्यान्यनकाेलागि ठूलाे भराेसा लियर कम्युनिस्ट पाटीलाई जिताय रके पी शर्मा ओली देशकाे प्रधानमन्त्री भय।

पछि आयर २०७५ जेठमा २मा पाटी मिलेर नेकपा पार्टी बन्याे देश कम्युनिष्ट मय बन्याे।जनता खुसिले गदगद भए अब देशमा समृदि हुने भयाे नेपाली सुखि बन्ने भयाै बिकासकाे लहर फुट्ने भयाे भनेर सबै जनता खुसि भए अबत कल्पना बहनदुर र आशामायामा पनि खुसिकाेसिमा नै रहेन।अब ती बुढाबुढीअझै बाचेर नेपालकाे भबिष्य देख्न पाय हुन्थ्याे भनेर सधै गफ गरि रहन्थ्य।

उनीहरुकाे खुसि नसेलाउदै ३ बर्षमै नेकपा माओबादी र नेकपा एमाले अलग हुने परिस्थिती सृजना भयाे माघब नेपालपनि नेकपाएमालेबाट अलगियर नया पार्टी खाेले अदालत सम्म पुगेर के पी ओलीकाे सरकार ढलेर शेरबहाुर देउबाकाे नेतृत्वमा नया सरकार बनेकाे कुरा कल्पनाबहादुर र त्तशामाया लाई पनि थाहा भयाे।उनी बुढाबुढी तिनछक पर्छन किन यस्ताे भयाे हाम्रा सपना बाकी नैरहने भय भनेर रातभर साेचीरहन्छन नेपालमा कहिलेपनि स्थिर सरकार नरहने,भ्रषटाचार निर्मुल नहुने, पक्षपात नह्ट्ने, बिकास नहुने यस्ताे के भयकाे हाेला, पार्टीगत, ब्यक्तिगत पद लाेभकाे स्वार्थ कहिले हट्ला देश र जनतनकाे भलाई गर्ने नेताकहिले जन्मेलान, देशलाइ सर्बाेपरि ठान्ने भावना कहिले जागृत हाेलाभनेर साेच्ने गर्छन।यस्ताे हुनुमा नेताकाे स्वार्थ एकभन्दा अर्काे ठूलाे बन्नु आफुलेमात्र रजाइ गर्न खाेज्नुकाे फलले यसाे भकाे ठान्छन कतै कतै बिदेसी चलखेलकाे प्रभाव पनि साेच्छन उनिहरु ।

केहाे केहाे नेपाली आमा हाम्राे जीवन लिला यस्तै रह्याे हामी पूर्खाकाे रगतले आज सम्म बहादुर गनियका छाै तर हामीले नेपाल र नेपालीका लागि केहिपनि गर्न सकिनाै नेपाल आमा फेरिपनि भक्ती थापा लखन थापा,बिरभद्र जस्ता सपुतकाे जन्म देउ मेराे देशकाे लागि तेस्ता छाेराकाे खाचाे छभनेर दुई बुढाबुढी गन्थन मनन गर्छन उनीले आफ्नाे अतितलाई सम्झन्छन २००७ सालकाे क्रान्तीमा आफ्नाे बाजे मरेकाे,२०१७साल पछि पञ्चायतमा माथी गाउका मिलन साथी मारियका,२०४६सालका आन्दाेलनमा आफ्नै मामा मारिएका, २०५२सालकाे जनयुद्धमा मारिएका आफ्न भाइ बुहारी दाेस्राे जन आन्दाेलनमा मारिएकाे आफ्नाे एकलाे छाेरा र आफ्नाे देशकाे सिमा रक्षाकाे लागी भारतीय सिमामा मरेकाे आफ्नाे माइतीभदैलाई सम्जन्छन, झन मुटु भकानीयर रुन्छन हाम्राे देशकाे अबस्थालाइ सम्झेर , हे नेपाली माता अब देशभक्ती, निस्वार्थी, असल सपूत जन्म देउ जसले नेपाल र नेपालीकाे माली बन्न सकुन देशकाे हित र नेपालीकाे भलाई गर्न सकुन भन्दै गालामा आसु पुछ्दै स्वाकस्वाक गरि रहन्छन।

समय बित्दै जान्छ आजभाेली कल्पना बहादुर ८५ बर्ष भैसकेका छन कान सुन्दैनन,आखा देख्दैनन आफ्नाे थाेत्राे गुन्द्रीमा कुटिराे परि रहेका छन कुनै पनि कल्पना गर्दैनन उनी दम र पक्षघातबाट सताइयकाछन उनीलाइ भेटघाट गर्नकाेही आउदैन तेसैले उनीले मृतुलाई मात्र पर्खिरहेका छन तर आशामाया अझै पनि देश परिबर्तन, सु खिनेपाल र नेपालीकाे समृदीकाे आश गरिरहेकी छन नेपालमा असल लाेकतन्त्र र संघीयताकाे समुन्नत भै देश बिकास, स्थायी सरकार , जनताकाे समृदी भयकाे , बिदेसी हस्तक्षेप नभयकाे आत्म निर्भर स्वाबलम्बी र स्वाभिमानी नेपाल र नेपालीकाेअबस्थाकाे आश गरिरहेकी छन अबत उनीले सबै नेताका भाषण ,ढाट, छलकपट का कुरा सुन्न देख्न चाहान्नन।

नेपाल नेपालीका लागि आफ्नाे ज्यान बलिदान दियका सबै आफन्तलाइ सम्झेर मुटु ठूलाे बनाउदै आफ्नाे पति कल्पनाबहादुरकाे सक्ताे स्याहार सुसार गर्न भनेर अगेनुकाे छेउकाे थाङ्नाे गुन्द्रीमा निन्न्याउरी परेर निदाउने प्रयासमा छन यतिखेर कुखुरा पहिलाे प्रहर बासिसकेकाे थियाे तर आशामायाले अझै आगामी निर्बाचनमा नेपालमा देशभक्ती, जनप्रेमी, राष्ट्र र राष्ट्रियताभएकाे नेता र कसैकाे बहकाउमा नलागेर लाेभ लालचमा नलागी स्वतन्त्र रुपमा असल ब्यक्तित्वकाे निर्बाचीत गरि देशलाइ बिकासकाे उच्च लहरमा पुर्याउनेकुराकाे आशा गर्न छाेडेकी छैनन तर निद्रा अझै आएकाे छैन गुन्द्रीमै छटपटाइ रहन्छीन । कुखुरा दाेस्राे प्रहर बासी सकेकाे थियाे।धन्यबाद!

-चिन्ताराम शर्मा,आठबिसकाेट १४रुकुम पश्चिम ।