हाम्रो देश
१७ फाल्गुन २०७७, सोमवार

भट्टराईलाई मुद्दा नचलाएकामा अख्तियारसँग लिखित जवाफ माग

काठमाडौं ।    सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रक रणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मु द्दा नचलाएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ मागेको छ ।

ललिता निवाससँग सम्बन्धित सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीद्वयलाई मु द्दा नलाउनुको जवाफ पेश गर्न सर्वोच्चले अख्तियारलाई आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले शुक्रबार १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न अख्तियारलाई भनेको हो । यही ललिता निवास जग्गा प्रक रणमा तत्कालिन मन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५जनाविरु द्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टा चार मु द्दा दायर गरेको छ ।

मन्त्रिपरिषदको निर्णय नीतिगत भन्दै दुई पूर्व प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको अख्तियारले सोही क्याबिनेटमा प्रस्ताव लैजाने मन्त्रीहरुलाई मु द्दा दायर गरेपछि आलो चना पनि भइरहेको छ । एउटै क्याबिनेटले गरेको निर्णउमा प्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिन नहुने आवाज उठिरहेको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने मन्त्रिपरिषदका सबै सदस्यविरुद्ध मु द्दा चलाउनुपर्ने मा ग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा अदालतले जवाफ मागेको हो । रिटलाई अग्राधिकार प्रदान पनि गरिएको छ ।

प्रतिकृया दिनुहोस्