हाम्रो देश
६ कार्तिक २०७८, शनिवार

आमालाई मा’र्न भिरको टुप्पोमा पुर्याएपछि आमाले भनिन् :छोरा तिमी फर्कने बाटो अफ्ठेरो छ, नलडी जानु है ! एक पटक अवश्य पढ्नुहोस्

एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरू-संग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू बस्ने साइनिंग प्रान्तमा एउटा निरंकुश राज्यपालले शासन गर्थ्यो जो वृद्ध मानिसहरूको स्वास्थ्यवस्था र कमजोरी देखेर कायर जस्तै गरी डराउँथ्यो ।

यसले गर्दा एकदिन उसले एउटा कठो|र घोषणा गर्यो । उसले पूरै प्रान्तका बूढाबूढीहरूलाई तुरुन्तै मारिदिनू भन्ने व्यहोराको आदेश दियो । वास्तवमा त्यो बर्बरिक काल थियो र बूढा-बूढीहरूलाई म`र्नको लागि एक्लै छाड्नु सामान्यनै थियो ।

गरिब किसानले भने आफ्नी आमालाई तनमनका साथ माया गर्थ्यो र यस्तो कठोर हुकुम सुनेर उसको मन वेदनाले भरियो । तर कसैले पनि राज्यपालको आदेशलाई नकार्न सक्दैनथ्यो । त्यसैले उक्त नौजवानले आफ्नी आमालाई त्यो समयमा सबैभन्दा दयालु मानिने मृ`त्यु दिनको लागि तयारी गर्यो ।

सूर्यास्तमा, जब उसको दैनिक कार्य सकियो तब उसले केहि अन्नसहित आफ्नी असहाय आमालाई बुइमा बोक्यो र पहाडको चुचुरोतर्फको दर्दनाक यात्रा सुरु गर्यो । बाटो निकै लामो र अप्ठ्यारो खालको थियो । अनेकौ साँघुरा बाटाहरूले गर्दा धेरै ठाउँमा ऊ अल्म-लिन पुग्यो पुग्यो र कति`पय ठाउँमा बाटो बिरायो पनि । तर उसले त्यसको वास्ता गरेन ।

जुन-सुकै बाटो गए पनि उसलाई केही फरक पर्दैनथ्यो । उकालोमा ऊ अन्धाधुन्ध अगाडि बढिरह्यो । उक्त पहाडको शिखरमा नाङ्गो भाग थियो जहाँ छोरा-छोरीले आफ्ना आमा-बाबुलाई लगेर एक्लै छाडिदिन्थे र ऊ त्यतैतर्फ लागिरहेको थियो ।

बूढी आमाको आँखा त्यति धमिला त थिएनन् तर छोराले अल|मलमा एकपछि अर्को बाटो परिवर्तन गर्दै अघि बढेको देखेर उनको प्रेमिल हृदय अत्यन्तै अत्तालिन थाल्यो । उनको छोरालाई पहाडका बाटा|हरूबारे राम्रो ज्ञान थिएन र उसलाई फर्किने बेलामा खतरा हुनसक्छ भन्ने चिन्ताले उनले अगाडि बढ्दै गर्दा आफ्नो हातले भ्याउने ठाउँको रुखविरुवाका हाँगाविंगाहरू निमोठिन् र केहि पाइला कट्नेबित्तिकै बाटोमा खसाउँदै गइन् ।

यसले गर्दा उनीहरूले छोडेर गएको साँघुरो बाटोको ठाउँ-ठाउँमा हाँगाविंगाहरूको थुप्रो देख्न सकिन्थ्यो । अन्त्यमा उनीहरू पहाडको टुप्पोमा पुगे । थकित र निराश किसानले विस्तारै आफ्नी आमा-लाई भुइँमा बिसायो र आमा-प्रतिको आफ्नो अन्तिम कर्तव्य पूरा गर्नेको लागि उसले एउटा आराम-दायी ठाउँ खोज्यो ।भुइँमा झरेका सल्लाका पातहरू-लाई जम्मा गर्दै उसले विछ्यायो र आफ्नी बूढी आमा-लाई उठाएर त्यसमाथि राख्यो । त्यसपछि आँ’शु भरिएका आँखा र दुखि`रहेको मुटु लिएर उसले आमाबाट विदा माग्यो ।

छोरालाई आफ्नो अन्तिम आदेश दिनेबेलामा निस्वार्थ मायाले भरि-पूर्ण आमाको आवाज काँपि-रहेको थियो । ‘तिम्रा आँखा-हरू कहिल्यै पनि कमजोर नहुन् मेरो छोरा!’, उनले भनिन् । ‘पहाडको बाटो ख|तरा नै खतराले भरिपूर्ण छ । साव`धानीपूर्वक हेर्दै हिंड र जुन बाटोमा रुखविरुवाका हाँगाविंगाहरू थुप्रिएका छन् त्यहि बाटोलाई पछ्याउँदै जाऊ ।

तिनीहरूले तिमीलाई घरसम्म पुर्याउने छन् । ’छोराका भावविभोर आँखाहरूले पछाडि बाटोतर्फ हेरे र त्यसपछि फुटेका र चाउरी परेका बूढी आमाको कर्मशील हातहरूलाई हेरे । भित्रभित्रै उसको मन छियाछिया भयो र भुइँतिर शिर निहुर्याउँदै उसले विलाप गर्यो-‘ए मेरी आदरणीय आमा, हजुरको ममता देखेर मेरो मुटु नै टुक्रा`टुक्रा हुन्छ !