हाम्रो देश
६ कार्तिक २०७८, शनिवार

लुटपाटमा संलग्न ३ जना सार्वजनिक

असोज २७ बुधबार/रबिन्द्र बराल,मोरङ धनपालथान गाउँपालिका वडा नं.-४ स्थित कर्सियाको विपि चोकमा रहेको सिटिजन बैंक लुटन आएका तीन जनालाई रंगेली प्रहरीले आज सार्वजनिक गरेको छ । मोटरसाईकलमा आएका समूहले बैंकको गार्ड जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं.-२ बस्ने वर्ष ४० को सितल कुमाल लाई गोली प्रहार गरी घाईते बनाएका थिए ।

बैक बाट नगद लुटपाट गरी फरार रहेका हरु लाई प्रहरी चौकी अमाहीवरियाती तथा ससस्त्र बेश क्याप मायाँ गन्ज काे संयुुक्त गस्ती टाेलीले लुटपाटमा संलग्न रहेका विराटनगर महानगरपालिका वडा नं.-८ बस्ने वर्ष ३२ को श्याम मुखिया, देस भारत अररिया सेखपुरा ५ बस्ने वर्ष २८ को सुनिल यादव, देस भारत अररिया गोराहा ४ बस्ने वर्ष ३० को बिजय सहनी काे साथ बाट को २५ प ३८९९ नम्बर १५० सिसि को निलो रंगको पल्सर मोटरसाईकल, कटुवा पेस्तोल थान-१ , नपड्किएको राउण्ड थान १, खोका थान १ र पड्किएको गोली थान-१ नोकिया कम्पनीको सादा मोवाईल थान-१ समेत गरेको प्रहरीले जनाएको छ ।