हाम्रो देश
१६ फाल्गुन २०७७, आइतवार

राष्ट्रियसभा सदस्य उपाध्यायको निधन

काठमाडौं । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । उपाध्यायको ५१ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

उनी विसं २०७४ को राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

क्यान्सर रोगबाट पीडित उनको उपचारका क्रममा निधन भएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा उपाध्यायप्रति शोक प्रस्ताब पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिकृया दिनुहोस्