हाम्रो देश
१६ फाल्गुन २०७७, आइतवार

भावी प्रधानसेनापति ‘खोपाको देउता’ बनेपछि..!

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्र सुशासनका लागि भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरिराखेको प्रचार भइरहँदा जंगी अड्डाबाट लगभग १ किलोमिटर पूर्वमा रहेको नेपाली सेनाको बहुव्यावसायिक उद्योगलाई भने धरासायी पार्ने खुरापात भइराखेको खबर छ । गत वर्ष नेपाली सेनालाई आवश्यक पर्ने २० हजार थान ज्याकेट यही बहुव्यावसायिक उद्योगमा तयार पारिएको थियो । त्यसरी उत्पादित ज्याकेटहरुको प्रतिगोटा मूल्य लगभग २८/२९ सय रुपैयाँ लागत खर्च आएको थियो र सेनालाई आवश्यक पर्ने ज्याकेट उत्पादन तथा तयारी गर्नकै लागि भनेर नेपाली सेनाले ३० वटा भन्दा बढी सिलाई मेशिन पनि खरिद गरेको थियो ।

तर, यो पटक नेपाली सेनाले १३ हजार ५ सय ज्याकेट आवश्यक परेको भनेर टेण्डर प्रकाशित गरेर सेनाको आफ्नै उद्योगलाई धरासायी पार्ने काम सार्वजनिकरुपमा नै गरेको छ । सेनाले यी ज्याकेट खरिद गर्नका लागि प्रतिगोटा ६ हजार ५ सय रुपैयाँ लागत अनुमान छुट्ट्याएको स्राेत बताउछ । जबकि एक वर्ष अगाडि आफ्नै कारखाना बहुव्यावसायिक उद्योगले सेनालाई आवश्यक पर्ने ज्याकेट २८/२९ सय लागतमा उत्पादन गरेको सेनाकै सूत्रले बताउँछ ।

आफैंले उत्पादन गरेको भन्दा दोब्बरभन्दा बढी मूल्यमा खरिद गर्नुपर्ने अवस्था नेपाली सेनालाई रैथाने सप्लायर्स तथा ठेकेदार रितेशकुमार अग्रवालका साथै केही पहुँचवाला जर्नेलहरुको आर्थिक स्वार्थको कारण आएको हो भनिन्छ । नेपाली सेनाको रैथाने सप्लायर्स तथा ठेकेदार अग्रवालका निम्ति नै बहुव्यावसायिक उद्योगबाट आधा मूल्यमा उत्पादन गर्न छाडेर कमिशनसमेत आउने कारणले गर्दा पहु“चवाला जर्नेल÷कर्णेलहरुले १३ हजार ५ सय ज्याकेट सप्लाईका निम्ति टेण्डर निकालेको स्रँेत बताउछ ।

यसैबीच सम्भार विभागजस्तो नेपाली सेनाको सबैभन्दा महत्वपूर्ण विभागको जिम्मेवारी सम्हालिराखेका उपरथी प्रभुराम शर्माले खोपाको देउताको मात्र भूमिका निर्वाह गरिरहँदा नेपाली सेनाको सम्भार रथी विभागमा कुनै ठोस सुधार हुन सकेको छैन ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको उत्तराधिकारी नेपाली सेनाको भावी प्रधानसेनापतिको रुपमा हेरिएका प्रभुराम शर्मा २०७७ वैशाख १३ गतेबाट रथी गौरव टण्डुल अवकाशमा गएपछि रथीमा बढुवा नभएसम्म विवादमा आउने कुनै पनि काम नगर्ने मनस्थिति बनाएर बसेको सैनिक स्रँेत बताउछ ।

उपरथी प्रभुराम शर्मा निष्क्रिय भएर बस्दा संभार रथी विभागभित्र विगतमा जस्तै बेथिती व्याप्त रहेको गुनासो सुनिन्छ । नेपाली सेनाका लागि गुणस्तरीय सामान खरिद, स्वस्थ, स्वच्छ ढंगले टेण्डर आव्हान, खुल्ला र सहज प्रतिस्पर्धा टेण्डरका साथसाथै नमुना उपलब्धको अपेक्षा उपरथी शर्माबाट गरिएपनि हात लँग्यो शून्यको अवस्थामा विभाग रहेको सेनाका अधिकृतहरु बताउछन् ।

आवश्यक सरसल्लाह र कामका लागि आउने बाहिरिया मानिसहरुलाई उनले आफू मातहतको एकजना सुवेदारको साथ लगाइदिने गरेका छन् भने उपरथी शर्मा यसरी बढुवा नभएसम्म कुनै पनि महत्वपूर्ण निर्णय नगर्ने भनेर हात बाँधेर बस्दा सम्भार रथी विभागका सहायक रथी निरज पौडेलका निम्ति भने चाँदी कटाईको अवसर प्राप्त भइराखेको सैनिक स्राेत बताउछ ।
(२०७६ माघ २७ गतेकाे साँघु साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस्