हाम्रो देश
२२ फाल्गुन २०७७, शनिवार

हेटौंडामा खुकुरी निकालेर बैंक म्यानेजर काट्छु भनेपछि…

हेटौंडा  ।   बागमती प्रदेशको राजधानी हेटौंडास्थित नेपाल बैंक शाखामा हंगामा मच्चिएको छ । हेटौंडाका एक युवकले आज शुक्रबार बैंकका म्यानेजर(प्रबन्धक)लाई नाङ्गो खुकुरी लिएर काट्छु भनेपछि हंगामा मच्चिएको हो ।

हेटौंडाको मेनरोडमा रहेको नेपाल बैंकको शाखा कार्यालयमा हेटौडा–४ चिल्ड्रेन पार्क बस्ने ४४ वर्षीय गजेन्द्र राज गिरीले खुकुरी नचाएर बबाल गरेका छन् ।

बा ५ च २६२५ नम्बरकोको कारमा खुकुरीसहित आएका गिरीले बैंकका म्यानेजरलाई काट्छु भन्दै बैंक भित्र प्रवेश गरे । जिल्ला प्रहरी कार्यालय मकवानपुरको सादा पोशाकका ५ जनाको प्रहरी टोलीले पनि गिरीलाई नियन्त्रणमा लिन सकेन् ।

नियन्त्रणमा लिन खोज्दा गिरीले प्रहरीलाई नै खुकुरी प्रहार गर्न खोजेका थिए । गिरीलाई प्रहरीले पेस्तोल ताकेर गोली हान्छु भनेपछि उनी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक टिका बहादुर कार्कीले जानकारी दिए ।

गिरीले यसअघि पनि २०७६ कात्तिकमा सिम टिभिको कार्यालय तोडफोड गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

मकवानपुर प्रहरीले गिरीले प्रायोग गरेको बा ५ च २६२५ नम्बरको कारसमेत नियन्त्रणमा लिएको छ । गिरीको साथबाट १६ इञ्च लामो सिरुपाते खुकुरी, बेल्टको बक्कल फिट भएको चक्कु, १०० लेखेको स्काई कलरको भियग्रालगायतका अन्य सामान बरामद गरेको छ ।

गिरी यसकारण खुकुरी लिएर बैंक गए

फागुन १ गते बिहीवार दिउँसो बैंकमा सुनको गरगहना धितो राखेर पैसा निकाल्न गिरी बैंक पुगेका थिए । गिरीले शाखा प्रबन्धकसँग कुरा गर्दा सुनका गरगहनामा शंका लगेर धितो राख्न बैंकले मानेन्।

प्रबन्धकले धितो राख्न नमानेपछि गिरीले ‘तलाई म देखाउछु’ भन्दै धम्काएर बैंकबाट निस्किए । धम्की दिएको २४ घण्टा पछि गिरी खुकुरी लिएर बैंकमा पुगेका थिए ।

प्रतिकृया दिनुहोस्