हाम्रो देश
१३ फाल्गुन २०७७, बिहिवार

पेलेले छोराको टिप्पणी खारेज गरे, के भने त स्वास्थ्यबारे?

विश्व फुटबलका महान खेलाडी पेलेले आफ्नो स्वास्थ्यका बारेमा छोराले गरेको टिप्पणी खारेज गरेका छन् । पेलेले आफ्नो स्वास्थ्य अवस्थाका उमेर अनुसार सामान्य रहेको बताएका हुन् ।

उनका छोरा छोरा एडिन्होले ब्राजिलको टिभी ग्लोबोसँगको अन्तर्वार्ताको क्रममा केही दिनअघि पेले घर बाहिर निस्कन मन नगर्ने अवस्थामा रहेको बताएका थिए । तीनपटक विश्वकप फुटबलको उपाधि जितेका पेलेको स्वास्थ्य अवस्था हाल कमजोर छ ।

अरु कसैको सहयोग बिना हिँड्न नसक्ने अवस्थामा रहेका पेलेले घर बाहिर निस्कने इच्छा नै नगर्ने गरेको उनका छोराले बताए थिए । उनका छोराले भनेका थिए, ‘उहाँ अति निश्क्रिय र एक्लै बस्न रुचाउने हुनु भएको छ ।’

तर पेलेले ‘म ठीक छु । शारीरिक सीमितताअरु स्वीकार गर्न थालेको छु तर प्रयास भने सक्रिय रहने मै छ ।’

पेलेलाई गएको वर्ष युरिनरी इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको थियो । ७९ वर्षका पेलेको हिपमा पनि केही समय समस्या देखिएको थियो । अहिले उनलाई हिँड्नका लागि फ्रेमको खाँचो पर्छ । पछिल्लो समय भएका उनका अधिकांश सार्वजनिक उपस्थिति ह्वीलचियर मार्फत नै थिए ।

पेलेले आफ्नो २१ वर्षको फुटबल जीवनमा १३ सय ६३ खेलमा कीर्तिमानी १२ सय ८१ गोल गरेका छन् । उनले ब्राजिलका लागि ९१ खेलमा ७७ गोल गरेका हुन्।

प्रतिकृया दिनुहोस्