हाम्रो देश
१५ मङ्सिर २०७८, बुधवार

हावाहुरीका कारण हुम्लामा हवाई उडान अवरुद्ध

काठमाडौं । हावाहुरीका कारण हिमाली जिल्ला हुम्लामा हवाई उडान अवरुद्ध भएको छ । आज बिहानैदेखि हावाहुरी चल्दा हवाई उडान अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । गएको आइतबारदेखि हुम्लामा लगातार वर्षा र हिमपात हुँदा अवरुद्ध भएको हवाई उडान बुधबारदेखि सञ्चालनमा आएको थियो ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने, ‘‘हिजो पानी पर्दापर्दै समिट एयरले एक फ्लाइट भरेको थियो । आज हावाहुरीका कारण पुनः उडान अवरुद्ध भएको छ । मानसरोवर घुम्न आएका पर्यटक, स्थानीय, सहरमा पढ्न जाने विद्यार्थीहरू पाँच दिनदेखि उड्न पाएका छैनन्,” उनले भने ।