हाम्रो देश
१७ फाल्गुन २०७७, सोमवार

कुवेतमा ढिस्कोले पुरिएर श्यामको ज्यान गुमेपछि शोकमा डुब्यो गाउँ

काठमाडौं : कुवेतमा बालुवाको ढिस्कोले पुरिएर दाङ गढवा गाउँपालिका वडा नं. ६ हाँसिपुर निवासी श्यामनारायण चौधरी रहेको पुष्टि भएको छ। आठ महिना अघी उनी बैदेशी रोजगारीको लागी कुवेत गएका थिए। छोराको मृत्युको खबर पाएका कुजु चौधरी विक्षिप्त बनेका छन्। गाउँ शो’कमा डुबेको छ।

जेठो छोरा गुमाएका कुजुले कान्छो छोरा पनि गुमाउन पर्‍यो।’

सामान्य किसान परिवारका हुन श्यामनारायण चौधरी । तीन छोरा मध्य श्यामनारायण कान्छो छोरा हुन। जेठो छोरा अपांगता थिए। उनको केही समय अघी मृत्यु भयो। माइलो छोरा बहराइन जाने तयारीमा थिए। भाइको मृत्यु भएको खबरले सोमबार हुने फ्लाइट क्यान्सील गरेका छन् ।

‘यो सामान्य परिवार हो। ऋण धन गरेर विदेश कमाउन गएका छोराको उतै नि’धन भएपछी यो परिवारमा पीडा माथि पीडा थपिन पुग्यो’। स्थानीय रविलाल आचार्यले भने–‘जेठो छोरा गुमाएका कुजुले कान्छो छोरा पनि गुमाउन पर्‍यो।’कुवेतमा बालुवाको ढिस्कोले पुरेर ६ नेपालीको मृत्यु भएको छ। ६ जना मध्य दाङका श्यामनाराण चौधरी समेत छन्। मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ छन्।

यो पनि पढ्नुहोस्

गरिमा धान नक्कली बीउ प्रकरण : क्षति २३ करोड, जरिवाना ३१ लाख

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।

कान्तिपुर दैनिकले ‘ओर्लंदो ओज’ शीर्षकमा मुख्य समाचार लेखेको छ । प्रधानमन्त्री ओलीको ओज पछिल्लो समय खस्कँदै गएको कान्तिपुर समाचारको सार छ ।

कान्तिपुर लेख्छ– प्रधानमन्त्री केपी शर्मा ओली अहिले पार्टीभित्र मात्र होइन, बाहिरी मोर्चामा पनि रक्षात्मक भएका छन् । सरकार हाँकेको दुई वर्ष पुगिसक्यो तर पनि पार्टीकै प्रभावशाली नेताहरू सरकारले गरेका कामको खुलेर प्रशंसा गर्दैनन् ।

गरिमा धानको नक्कली बीउबारे पनि कान्तिपुरले भित्री पृष्ठमा समाचार छापेको छ । समाचार अनुसार, धानको बीउ नक्कली पर्दा २३ करोड रुपैयाँबराबरको क्षति भएको प्रतिवेदन तयार भएको छ । उत्पादन लागत र परिमाणका आधारमा बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले त्यति नै रकम क्षतिपूर्ति दिन भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रामलयमा सिफारिस गरेको थियो । तर, किसान ठग्नेलाई अहिले ३१ लाख २० हजार रुपैयाँ मात्र जरिवाना गरिएको समाचारमा उल्लेख छ ।

नागरिकमा प्रदेश सरकारले गुजारेको दुई वर्षको समीक्षा छ । नागरिकका अनुसार, आशा बढी देखाए पनि अधिकांश प्रदेशको २ वर्ष अलमलमै सकिएका छन् ।

आपराधिक क्रियाकलापमा संलग्न समात्न सीसी क्यामेरा महत्त्वपूर्ण साधन बनेको अर्को विषय पनि नागरिकको पहिलो पृष्ठमा छापिएको छ । समाचार अनुसार साउनयता ट्राफिक नियम मिच्ने, दुर्घटना निम्त्याउने, भाग्ने, अपराधमा संलग्न सात हजार ३ सय ७६ जनालाई सीसी क्यामेराकै आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्नपूर्णले कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारेको कहरबारे मुख्य समाचार बनाएको छ । अन्नपूर्णका अनुसार, कोरोनाकै कारण निसान र हुन्डाईका कारखाना बन्द भएका छन् भने गार्मेन्ट्स आपूर्ति शृंखला प्रभावित भएका छन् । तेल उत्पादनमा पनि कटौती भएको छ । उडान रद्द हुँदा पर्यटन उद्योगमा असर परेको छ ।

नेकपाले विशेष अभियान सञ्चालन गर्न लागेको समाचार गोरखापत्रले छापेको छ भने राजधानीमा असुरक्षित पैदलयात्रुबारे खबर छ ।

प्रतिकृया दिनुहोस्