हाम्रो देश
१६ फाल्गुन २०७७, आइतवार

सात लाख जना दुई वर्षदेखि लाइसेन्स कुर्दै

काठमाडौं ।    भक्तपुरका कुमार नगरकोटीले ट्रायल उत्तीर्ण गरेको दुई वर्षपछि बल्ल सवारी चालकको स्मार्ट अनुमतिपत्र (लाइसेन्स) पाए । २०७४ फागुनमा उनले ट्रायल उत्तीर्ण गरेका थिए ।

यस बीचमा आठ पटक यातायात कार्यालय धाए तर प्रिन्ट भएको छैन भन्दै फर्किनु प¥यो । बुधबार यातायात व्यवस्था विभाग नयाँ बानेश्वरमा लाइन बसेर लाइसेन्स लिएका नगरकोटीले खुशी व्यक्त गर्न भने सकेनन् ।

उनको भनाइ थियो, ‘दुई वर्षमा पुरानो लाइसेन्स पाइयो, आठ–दश पटक आए हुँला तर प्रिन्ट भएको छैन भन्दै फर्काइ दिन्थे, आज पनि पाइन्छ भन्ने खासै आश थिएन तर प्रिन्ट भएको रैछ, बल्लबल्ल ट्रायल उत्तीर्ण गरियो लाइसेन्स पाइन्छ दुई वर्षपछि, सम्झिँदा मलाई त हाँसो पो लाग्छ ।’

यातायात व्यवस्था विभागले माग अनुसार लाइसेन्स वितरण गर्न नसकेपछि प्रिन्ट गर्न बाँकी लाइसेन्सको संख्या अहिले सात लाख पुगेको छ । यो संख्या दुई वर्षदेखि लाइसेन्स कुर्न बाध्य छ ।

 –     गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्