पुनर्वास – अबैध रुपमा ल्याउदै गरेको नेपाल सरकारबाट प्रतिबन्धित भारतीय माउन्टेन डिउ प्रहरीले बरामद गरि नष्ट गरेको छ ।
शुक्रबार बिहान भारतीय बजार बसहीबाट ल्याउदै गरेको तेह्र पेटी माउन्टेन डिउ पुनर्वास नगरपालिका-४ घ-गाउँबाट ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
बरामद गरिएको करिब बाह्र हजार मूल्य बराबरको माउन्टेन डिउ पत्रकार ,उद्योग वाणिज्य संघका अध्यक्ष ,ब्यपारी र स्थानीय बुद्धिजीवीको रहोबरमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको परिसरमा नष्ट गरिएको थियो ।