हाम्रो देश
१७ फाल्गुन २०७७, सोमवार

यी पागल प्रेमी प्रहरी, जसले प्रेम प्रस्ताव अस्वीकृत हुँदा आफैलाई गोली हाने

सिन्धुली   ,   हिजो प्रणय दिवस । प्रेमी–प्रेमिकाले उल्लासपूर्वक मनाउने दिन । यही दिन नेपालमा यस्ता प्रेमी पनि भेटिएका छन्, जसले प्रेम प्रस्ताव राख्दा अस्वीकार भएपछि आत्महत्याकै प्रयास गरेका छन् ।

भ्यालेन्टाइन डे मै राखेको प्रेम प्रस्ताव युवतीले अस्वीकार गरेपछि सिन्धुलीमा एक जना प्रहरी जवानले आत्महत्याको प्रयास गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायको प्रेम प्रस्ताव अर्की महिला प्रहरीले अस्वीकार गर्दा आफैंलाई गोली हानी आत्महत्याको प्रयास गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले घाइते अवस्थामा उनलाई उद्दार गरिएको जानकारी दिएको छ । उनको अहिले उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्