हाम्रो देश
१७ फाल्गुन २०७७, सोमवार

पूर्व राजदूतकी छोरीले छु’रा प्र’हार गरेर एक जनाको ह’त्या गरेको खुलासा

काठमाडौं । पूर्व राजदूतकी छोरीले छु’रा प्र’हार गरेर एक जनाको ज्यान लिएकी छिन् । अमेरिकाका पूर्व राजदूतकी छोरीले यस्तो हर्कत गर्दा एक व्यक्तिको मृत्यु भएको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार २७ वर्षे सोफिया नेग्रोपोन्टोलाई बिहिबार राती पक्राउ गरिएको हो । पुलिसका अनुसार उनले २४ वर्षे युसुफ रासमुसेनलाई विवादका बीच छु’राले ह’मला गरेकी थिइन् ।

वेस्ट मोन्टगोमेरी एभेन्यूको ४०० ब्लकमा रहेको घरभित्र उनीहरुको विवाद भएको थियो । नेग्रोपोन्टे जोन नेग्रोपोन्टेकी छोरी हुन् । जोन सन् २००७–२००९ सम्म राष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालमा संयुक्त राज्य अमेरिकाको उप–सचिवको रुपमा कार्यरत रहेका थिँए । यसका साथै उनले विभिन्न देशका राजदूतको रुपमा पनि सेवा गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

मोन्टगोमेरी काउन्टी पुलिस र रकभिल पुलिसले बिहिबार राती करिब सवा ११ मा छु’रा प्र’हारसम्बन्धि जानकारी पाएको बताए । अधिकारीले रासमुसेनलाई ग’हिरो चो’टसहित घरभित्रै पाएका थिए । रासमुसेनको घटनास्थलमा नै मृत्यु भएको पुलिसले जानकारी दिएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्