हाम्रो देश
१५ मङ्सिर २०७८, बुधवार

बझाङ पहिरोमा अझै १९ जना बेपत्ता, खोजी कार्य स्थगित

बझाङ, कार्तिक ११ । कात्तिक १ गते बझाङको थलारा गाउँपालिका–४ डिक्लामा आएको पहिरोमा परेर बेपत्तामध्ये हालसम्म ४ जनाको शव फेला परेको छ। पहिरोमा बेपत्ता बाँकी १९ जनाको शव नभेटिएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली जिल्ला फर्किएको छ ।

विना जानकारी खोजीकार्य बन्द गरेर खोज तथा उद्वारा टोली जिल्ला फर्किएपछि पीडित परिवारले थप पिडा थपिएको गुनासो गरेका छन्। बेपत्ताको शव भेटे अन्तिम संस्कार गर्नसक्ने अवस्था रहेकोमा उद्धार टोली नै फर्किएको परिवारका १८ जना सदस्य गुमाएका कलक सार्कीले बताएका छन् ।

पर्याप्त जनशक्ति, उपकरण र प्रविधिको अभावमा खोजीकार्य सफल हुन नसकेको बताइएको छ। प्रविधि अभाव र धेरै दिन बितेकाले खोजी कार्य स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरी नायव उपरीक्षक रूपक खडकाका अनुसार बेपत्ता भएकाहरू भेटिने सम्भावना नरहेको र अब प्रक्रिया पुर्‍याएर सबैलाई मृत घोषणा गर्ने तयारी भईरहेको छ ।