हाम्रो देश
१६ मङ्सिर २०७८, बिहिवार

तिहारकै मुखमा डडेल्धुरामा बस दुुर्घटना

१४ कात्तिक, धनगढी । डेल्धुरामा बस दुुर्घटना हुुँदा १० जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको ना८ख ६१३२ नम्बरको बस डडेल्धुराको आलितालगाउँपालिका-१ मा दुुर्घटना हुुँदा १० जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमले घाइतेहरूलाई उपचारका लागि धनगढी ल्याइएको जानकारी दिए । उनकाअनुसार बसमा ३२ जना सवार थिए । सडकबाट करिब १५० मिटर तल खसेको बसको दुुर्घटनाको कारण भने खुुलेको छैन । दुुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।