हाम्रो देश
१७ फाल्गुन २०७७, सोमवार

स्यालुट नगरेको भन्दै सिंहदरबारका इन्स्पेक्टरले कुटे प्रहरी जवान (भिडियोसहित)

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) विक्रम सुवेदीले कार्यालय समयमा ड्युटी गरिरहेका प्रहरी जवानलाई कु’टपिट गरेको भिडियो प्राप्त भएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा कार्यरत इन्स्पेक्टर सुवेदीले ड्युटीमा काम गरिरहेका प्रहरी जवान बलबहादुर विश्वकर्मालाई कु’टपिट गरेको भिडियोमा देख्न सकिन्छ ।

सलाम गर्न नभ्याउँदा ड्युटीको समयमा काम गरिरहेका प्रहरी जवान विश्वकर्मालाई इन्सपेक्टर सुवेदीले कुटपिट गरेको बताइएको छ । भिडियोमा अन्य दुई जना प्रहरीलाई पनि देख्न सकिन्छ । तर, उनीहरु पनि इन्सपेक्टर सुवेदीले विश्वकर्मालाई कु’टेको हेरेर मात्र बसेका छन् ।

यस विषयमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमार बुढाथोकीसँग बुझ्दा घट’नाबारे अनविज्ञ रहेको बताए । उनले भने, ‘इन्सपेक्टर सुवेदी र जवान विश्वकर्मा सिंहदरबार वृत्तमा कार्यरत छन् । तर घट’ना भएको जस्तो लाग्दैन ।

यसैबीच प्रहरी इन्सपेक्टर सुवेदीले आफूले हा’तपात गरेको नभइ सम्झाइ बुझाइमात्रै गरेको दावी गरेको समाचार रातोपाटीमा छ ।

प्रतिकृया दिनुहोस्