हाम्रो देश
१५ मङ्सिर २०७८, बुधवार

नेपालगञ्ज विमानस्थलमा तीनवटा बँदेलसँग विमान ठोक्किएपछि…

काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट हुम्लाको लागि उड्न लागेको सीता एयरको विमानमा तीनवटा बँदेल ठोक्किएका छन् । सीता एयरको डोर्नियर विमानमा तीनवटा बँदेल ठोक्किएका हुन्। विमानस्थल स्रोतले दिएको जानकारीअनुसार उडानका लागि गुडिरहँदा सीता एयरको विमानमा तीनवटा बँदेल ठोक्किएका थिए ।

विमानस्थलभित्र झाडी भएकाले बँदेलको बासस्थान भएको र जहाज उड्ने बेलामा एकैपटक निस्किएका बदेलसँग ठोक्किएको थियो । बँदेलसँग ठोक्किएपछि उक्त जहाजलाई तानेर साइडमा राखिएको थियो ।