हाम्रो देश
१४ फाल्गुन २०७७, शुक्रवार

अफवाह फैलाउनुको अर्थ छैन,आरोप प्रमाणित भए सजाय भोग्न तयार छु : मन्त्री बाँस्कोटा

काठमाडौँ, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताउनुभएको छ ।“ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”, बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।

”जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । “आरोप आफँैमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ”, उहाँले भन्नुभयो, “सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।”

प्रतिकृया दिनुहोस्