हाम्रो देश
१६ फाल्गुन २०७७, आइतवार

लायन्स र लियो क्लब अफ काठमाडौं अटल पिङ्गलास्थानद्वारा निशुल्क स्वास्थ्य सिबिर र खानेपानी वितरण

काठमाडौं । लायन्स र लियो क्लब अफ काठमाडौं अटल पिङ्गलास्थानद्वारा पशुपति क्षेत्रमा निशुल्क स्वास्थ्य सिबिर सञ्चालन र खानेपानी वितरण सिबिर सञ्चालन गरेको छ ।

लगभग ३० जना लियो र लायन्स मित्रहरुले उक्त एक दिने निशुल्क स्वास्थ्य सिबिर सञ्चालन गरेको हो । उक्त सिबिरमा औषधी र खाजाको सहयोग कमिटी चियर पर्सन मिना लामाबाट भएको थियो र डाक्टर सन्युक्ता गुप्ता लिओ नर्शिङहरु बाट सहयोग भएको थियो । त्यस्तै बिमला कुमारी श्रेष्ठ, उपाध्यक्ष सुस्मा रेग्मी र महालक्ष्मी खरेल र क्लबका सचिव बिन्दिका गुरुङले आर्थिक सहयोग गर्नुभएको थियोे । उक्त कार्यक्रममा लायन्स अटल पिङ्गलास्थानका अध्यक्ष दुर्गा थापा बाट समापन भएको थियो।


लियो क्लब अफ काठमाडौं अटल पिङ्गलास्थानका लियो साथीहरुले विभिन्न सहयोग गरि कार्यक्रम भव्य बनाउनुभए थियो । उक्त सिबिरले धेरै भक्त जन र जनतालाई रोग पिडा नहोस र बिरामी परेर अशक्त नहोस् भनेर विभिन्न जनमानसलाई उपचारहोस र सेवा भन्ने उदेश्यले स्वास्थ्य सिबिर र खानेपानी वितरण कार्यक्रम सञ्चालन गरेको बताउनु भयो हामीलाई लियो अटल अफ काठमाडौं अटल पिङ्गलास्थानका अध्यक्ष रामेश्वर शर्मा भुर्तेलले उहाँले भन्नुहुन्छ हाम्रो सहयोगले जनता खुसि हुनुका साथै हाम्रो सम्बन्ध अझ गाढा र प्रगाढ होस भन्ने उदेश्य हो,खास गरी भन्नु पर्दा यो सेवा जनताका लागि हाम्रो चिनोहोस भन्ने हो ।’

लायन्स र लियोले सञ्चालन गरेको उक्त सिबिरबाट सो क्षेत्रका करिब ५ सय बढी बृद्ध,बृद्धा तथा महिला केटा केटीले उपचार सेवा लिएका छन् ।

प्रतिकृया दिनुहोस्