हाम्रो देश
२५ फाल्गुन २०७७, मङ्गलवार

प्रधानमन्‍त्री केपी शर्मा ओलीको राजीनामा माग्‍दै माइतिघरमा प्रदर्शन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै विवेकशील नेपाली दलले काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको छ ।प्रदर्शनमा ‘कमिसन नै ओली सरकारको मिसन, प्रधानमन्त्री राजीनामा देऊ, मन्त्रीज्यू भनेका माफिया पो परेछन्, के हो सरकारको मिसन ? के-के मा छन् कमिसन ?’ लगाएतका पोष्टर बोकेका थिए ।विवेकशील नेपालीका केन्द्रीय सदस्य शशिविक्रम कार्कीले सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको टेप प्रकरणसँगै धेरै कुरा स्पस्ट भइसकेको बताए ।उनले अहिलेको सरकार माफियाको चङ्गुलमा मात्र हैनकी सरकारमा बसेका मन्त्री र प्रधानमन्त्रीनै माफिया गिरीको नेतृत्वमा भएको बताए ।

उनले भने- ‘अब पनि ओली सरकारको राजीनामा माग्न अझ ढिला भयो भने जनताले अझ ठूलो भ्रस्टाचार बेहोर्नु पर्ने भएकाले हामीले प्रधानमन्त्रीको राजीनामा मागेका हौं।’ विवेकशील नेपाली दलले अब आन्दोलन सडक, टोल-टोल गल्ली-गल्लीमा गर्ने र यसका लागि तीन महिनाको कार्यतालिका बनाएको कार्कीले बताए । उनले भने ‘हामी हप्तै पिछे नागरिकमै पुगी उनीहरुलाई नै प्रधानमन्त्रीको राजीनामा माग्न सडकमा उतार्ने छौं । यसका लागि हामी देशैभरीबाट जनता आन्दोलनमा उतार्ने छौं ।’

प्रतिकृया दिनुहोस्