हाम्रो देश
३ कार्तिक २०७७, सोमवार

“एक दिन कसैको सेवा गरेर हेर्नुहोस्”

केही महिना अगाडि कुनै सामाजिक कार्यक्रममा भेटिएका रामेश्वर शर्मा भुर्तेल मेरा लागि त्यो समयमा अपरिचित व्यक्ति थिए हेर्दा लुरे दारी पालेका केही गहन विषय र जिम्मेवारी लिएर हिडेका कार्यक्रम पछि दुई घन्टा जति गफ गाफ भयो होला। ‘विश्व सामाजिक कार्यक्रम गर्न अाएका शर्माले उहाँले आफ्नो पहिलो सामाजिक कामको अनुभव एकआपसमा साटे।

मेरो पहिलो प्रश्न रामेश्वर जी यो समाजसेवा भनेको के रहेछ हजुरको बिचारमा?
मानिस आधुनिक विश्वमा प्रवेश गरे पनि
मानवियता भने हराएको छैन । हराउनु पनि हुँदैन । मानिसमा मानवियता कायमै रहेको संकेत दिन दुःखीहरुको सेवा र सहयोगमा अघि बढेका हातहरुले प्रमाणित गरिरहेका छन् र छौँ ।

कुनै असहाय मान्छे लाई कुनै पनि रुपमा सहयोग गरेर हेर्नुहोस त्यो रात अान्नदको निद्रा अाउने छ। सेवा व्याख्यान गर्न गार्‍हो होला।

सहयोगीहरु मित्रतालाई प्रगाढ बनाउनका लागि, हातमा हात मुखमा मुख, स्वरमा स्वर, एउटै वोलि एउटै भाब भएको नङ र मासुको सम्बन्ध रहेका एवं उसलाई दुख्दा मलाई पनि दुख्छ यस्तै खालको सहयोगी साथीलाई अाफ्नो मित्र सम्झेर सामाजिक संस्थामा सदस्य भई सहयोगीहरुमा सहयोग गर्न र सामाजिक उद्वेश्य पुरा गर्न एउटा मित्रले अर्को मित्रलाई आग्रह गरेपछि त्यो क्षेत्रमा एक भएर लागिहाल्छन् ।

मानव कल्याणको सामाजिक उद्वेश्य पुरा गर्ने काम गरेपछि नाम पनि उच्च हुने सवैले सामाजिक कार्यकर्ता भनिदिने विश्वासले धेरै मानिसहरु मानव कल्याणको निमित्त सामाजिक संघ संस्थाको या राजनैतिक संस्थाको ऐक्यवद्वता जनाई सदस्यता लिन्छन् । सुरुसुरुमा यदाकदा आकल झुकल सार्वजनिक घटनाक्रममा सामेल भएर फेरी आÏनै व्यक्तिगत जीवनमा फर्केकाहरुको प्राय एउटै गुनासो हुन्छ मलाई संस्थाले हेरेन , नेतृत्वले केही गरेन यी भनाई कसैलाई जाहेज लाग्न सक्छ ।

निर्णय गरेको काम कहिलेपनि पुरा नगर्नेहरु विधानको अवमूल्यन गर्नेहरु वैठकमा आक्कलझुक्कल आउने अनि संस्थाले गर्ने गरेको वार्षिकी कार्यक्रमहरुमा एकाध समय देखिने आफुले अवसर नपाउंदा अरुलाई उसको पछाडी छुद्र वोलीले गाली गर्ने, आफु राम्रो भएको भान पार्ने, अरुले त्याग र वलिदानीपूर्वक सशक्त रुपमा लागि परेको नदेख्नेहरुले, काम गर्नेहरुलाई अथवा अर्को व्यक्तिलाई अवसर पाएको जुनसुकै वेला विवाद हुने कुरा उठाईहाल्छन्, राम्रो काम गरेन भनिहाल्छन्, अरुले खोचे थाप्ने प्रसंग उठाएमा हो मा हो मिलाईहाल्छन् । त्यस्ता मानिसहरुले जतिसुकै डिग्री पास गरेको भएता पनि सामाजिक संस्थाको हितमा काम गर्दैनन् । ऊ संग स्वार्थ रहेको, त्याग नभएकोले साजिक चेतना नभएका त्यस्ताले वदनाम गराइहाल्छन् ।

“रामेश्वर शर्मा भुर्तेल हामीलाई भन्नू भयो यस्ता धेरै
सामाजिक संस्थाको हितमा काम गरे होला तर कुनैकुनै सामाजिक संस्थाहरु छन जुन अाफ्नो लागि मात्र गरेका छन”।

मैले यो भनाई उल्लेख गर्नुको कारण नागरिकहरु बलियो भए जनता शिक्षित भए, राष्ट्र वलियो हुन्छ । राष्ट्र बलियो भयो भने कसैसंग झुक्न पर्दैन । समाज विकासको क्षेत्रमा जीवनको अमुल्य समय रात दिन एक भएर सक्रिय भइरहने व्यक्ति पाखामा बस्नै सक्दैन । पाखामा बस्नु पनि पर्दैन । व्यक्तिगत स्वार्थ नभएको अाफ्नो जीवनलाई त्यस्ताले सार्वजनिक बनाइसकेकाहरुलाई यदि पाखा पारियो भने उसले भावी पिंढीलाई उज्वल भविष्य प्रदान हुने अर्को कार्य शुरु गरी हाल्छ ।

सामाजिक क्षेत्रमा कामगर्दा गर्दै उसको उमेर आधा भैसकेको हुन्छ , आºनो घर परिवार छोराछोरी सम्झेर बसेको हुंदैन पारिवारिक जीवनको अमुल्य समय सुख सुविधा त्यागेर आप्mनो पार्थिव शरीर र मनलाई सामाजिक क्षेत्रमा त्याग गरेका त्यस्तालाई पछाडि पार्न खोजेर किन पछाडी पथ्र्याे र । जसलाई लागेको नसा अफ्रिम भनेझंै उसको जीवन कंगाल भएको छ ।

आगरेको काममा सन्तुष्ट भएर आप्mनो पुंजी भनेकै नाम हो प्रतिष्ठा हो, सामाजिक संरचना निर्माण गर्नु हो भनि योजना सहित प्रस्तुत हुनेहरुको निम्ति काम गरिरहेको कार्यकर्ताले राष्ट्र निर्माण र सामाजिक सचेतना छर्न कसले छोडेको छ र । होला उ ठूलो ओहोदामा नपुग्ला आप्mनो योजना र क्षमताअनुसार अघि वढिरहेकै हुन्छ । किनभने सामाजिक क्षेत्रमा होस् या राजनैतिक क्षेत्रमा जीवनका अमूल्य समय बिताएका अहिले एक किसिमले अवकाश प्राप्त जीवन बिताईरहेकाहरुको अवस्था अर्कै छ ।

दुर्ई छाक खान उनी भौतारिन पर्ने अवस्थामा पुगेका छन् जो आप्mनो स्वार्थको निमित्त उसले कहिं, कतै कहिले पनि नकाम गरेन उसको छोराछोरी पढाउन धौ–धौ परिहेको छ । आफुसंगै हिंडेको आफुसंगै खेलेको आफु संगै काम गरेको, आफुसंगै पढेको दौंतरी आर्थिक र भौतिक अवस्था हे¥यो भने आफुमा कंगाल भएको आफैले देख्दछ । पु“जी र आर्थिक रुपमा आकास र जमिन वीचको फरक पाएपनि उसलाई सन्तुष्ट के मा हुन्छ भने आफूले बिहान र वेलुका गरेर कमाएको आर्थिक या भौतिक सम्पती सार्वजनिक नागरिकका संस्थालाई दिएको र आफु भन्दा गरिव निमुखा नागरिकको मर्मलाई नजिकवाट नियालिरहेको हुन्छ ।

ऊ निडर छ, जुझारुक छ, लडाकु छ, सन्तुष्ट र उमङ्गले ससक्त छ, कसैलाई उसले नकारात्मक दृष्टिले हेर्दैन, कसैलाई पखाल्ने कुरा गर्दैन , आफूले राम्रो काम गर्छ यो देश भन्दा मेरो जीवन ठूलो होईन भन्छ, व्यवहारिकता पनि त्यस्तै देखाउंछ त्यस्तालाई धोकेवाजहरुले स्वार्थी पदलोलुपहरुले अरुलाई वदमास देख्नेहरुले आफू कुण्ठा हुंदा पनि आफैलाई नचिन्नेहरुले कुतर्क गर्दा अरुको नखाएको मान्छे किन डराउंछ र ।

त्यसैले कुनैको सोच प्रस्ताव संस्थागत भईसकेपछि, संस्थागत प्रस्ताव मुल एजेन्डा र रणनीति योजनाअनुसार व्यक्तिगत नेतृŒव सामूहिक जिम्मेवारीको निर्णय गराइसकेपछि कार्यनीति छुट्टै तत्कालीनको लागि रणनीति छुट्टै दिर्घकालीनको लागि संस्थालाई के कसरी चलाउन पर्दछ भन्नेवारे संस्थागत सदस्यले वुझाउनै पर्दछ । भावमा आफूलाई लक्ष्यतिर अघि वढ्नुनै सामाजिक कार्यकर्ताहरुको निष्कर्ष हुनेछ ।

सामाजिक परम्परा र रितिरिवाजमा अनावश्यक खलल नपारी शान्तपूर्वक क्रियाशील हुन पाउने परिस्थिती सृजना गर्नुनै सामाजिक कार्यकर्ताको जिम्मेवारी हुन्छ । संस्थागत वातावरणमा क्रमिक सामाजिक चेतनाको विकास नेपाली धर्तीको आवश्यकता र नागरिकहरुको आंकाक्षा रहेको हुन्छ । ठूला अपेक्षा र महत्वकांक्षा भन्दापनि सरल सौम्य, ईमानदार, सकारात्मक जीवनशैली नै नेपाली समाजको मुख्य आधार रहि आएको छ ।

संस्थामा विद्यमान विधानद्वारा आधिकारको प्रयोग गर्दा अरुको अधिकारमा दख्खल नपर्ने गरी संस्थाको उद्वेश्यको हितमा अरुको योगदानको कदर गर्दै सामाजिक कार्यकर्ता अगाडी वढ्नु पर्दछ । संस्थामा जो वढी क्रियाशील रहन्छ जो उद्वेश्यमा आप्mनो घरको काम छोडेर सामाजिक हितमा काम गरिरहेको हुन्छ, जो संस्थाको निर्णयपालना गर्न अहोरात्र खटिरहेको हुन्छ त्यसैलाई नेतृत्व सुम्पनु अथवा जिम्मेवारी प्रदान गर्नु सामाजिक कार्यकर्ताको कर्तव्य हो । आफू कम खट्नेहरुले नेतृत्वलाई सहयोग गर्नु पर्दछ ।

“शर्माले भन्नुहुन्छ कुनैकुनै संस्था किन लागेछु भनेर केही मात्रामा पच्चताप पनि छ। तर त्यो पनि होइन मैले समाजको लागि गरेको थिए संस्थाको लागी भन्दा पनि खुसी नै छु”

सामाजिक पदधारण गर्ने व्यक्तिले गर्ने प्रत्येक निर्णय पुर्णतः संस्थाको हुने हुनाले, सार्वजनिक हितको हेतुले गर्नु पर्दछ । परिवारको वा मित्रलाई कुनै आर्थिक वा अन्य कुनै फाईदा पुग्नेगरी काम गर्न पाईंदैन । आफुलाई अन्य कुनै व्यक्ति वा संस्थाको अन्य गतिविधिवाट नेतृŒवले अलग बस्नु पर्दछ ।

जसबाट पदीय कर्तव्य पालनमा कुनै किसिमको प्रभाव नपरोस्, पदमा रहंदा कसैलाई नियुक्ति गर्दा, कसैलाई पुरस्कृत गर्दा संस्थागत कुनैपनि काम गर्दा पदधारण गर्ने व्यक्तिले स्वार्थ नलिइकन गुण दोषको आधारमा वस्तुगत निर्णय गर्नु पर्दछ ।

कुनैपनि पदमा रहेको व्यक्तिले अाफ्नो निर्णय र कार्यप्रति जवाफदेहीता हुनु पर्दछ । अाफ्नो पदलाई सुहाउने जस्तोसुकै छानविनका लागि जिम्मेवारी लिंदै आफू प्रस्तुत हुन सक्नु पर्दछ । सवै निर्णय र कार्यलाई संम्भव भएसम्म खुला र पारदर्शी गर्न सक्नु पर्दछ ।

संस्थाको सार्वजनिक वृहत हितका लागी गोप्य राख्ने कुरा वाहेक आफुले गरेको कामको कारण सहित यथार्थ पस्कन सक्नु पर्दछ । कुनैपनि सार्वजनिक विषयको पदधारण गर्ने व्यक्तिले संस्थाको हितको रक्षाको निमित्त जस्तोसुकै विवादको समाधान गर्ने उसको दायित्व हुन्छ ।

आफुलाई इमानदार वनाउन वोलीमा कन्ट्रोल गर्न सक्नु पर्दछ । अरुलाई दोष दिएर होइन संस्थागत हितमा काम गर्ने उदाहरणीय व्यक्ति वन्न सक्नु पर्दछ ।

प्रतिकृया दिनुहोस्