हाम्रो देश
२१ फाल्गुन २०७७, शुक्रवार

कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्यो, हेर्नुहोस फम भर्ने तरिका

काठमाडौँ । अमेरिकी कामदार ‘भिसा एचवान बी’ भोलि मार्च १ बाट खुल्ने भएको छ ।

पूर्वीय समय अनुशार ‘भिसा एचवान बी’ भोलि मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ने युएससीआईएसले जनाएको छ।

युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र विश्वभरबाट अनलाईन मार्फत आवेदन दिन सकिने छ ।

अनलाईन फर्म दर्ता गर्न १० डलर शुल्क लाग्नेछ । यसपछि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ।

कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गनुपर्नेछ ।

यसरी अनलाइन प्रणालीबाट छनोट भएकाहरुको नाम मार्चको ३१ मा सुचित हुनेछ ।

युएससीआईएसको सूचना :

https://www.uscis.gov/news/alerts/initial-h-1b-registration-period-opens-noon-eastern-march-1

 

यो पनि पढ्नुहोस्

प्रचण्डलाई जुत्ता हान्ने युवकका बुबाको नाम शहीदको सूचिमा भेटिएन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवाले आफूलाई सहीदको छोरो दाबी गरेका छन् । तर, माओवादीले तयार पारेको ११२२० जना सहीदको सूचीमा रतनका पिताको नाम छैन । १०९४ जना बेपत्ता योद्धाहरुको सूचीमा पनि रतनका बुबा मनु तिरुवाको नाम छैन ।

साविक माओवादीले संकलन गरेको सहिद र बेपत्ताको सूचिमा तिरुवाका बुबाको नाम फेला नपरेकाे हाे ।

प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन सहिदका छोरा हुन् कि हैनन् भनेर हामीले सिंजा गाउँपालिकाका अध्यक्षलाई पनि सोध्यौं ।

अनलाइनखबरसँग कुरा गर्दै सिंजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले रतनका बुबा भारत गएका बेला उतै बेपत्ता भएको तर रतनले सहिद भएको भनेर राज्यबाट विभिन्न लाभ लिइरहेको बताए ।

यसैवीच, तिरुवाका बुबा माओवादी युद्धका क्रममा मारिएको भन्ने रतनको दाबी असत्य भएको नेकपा जुम्लाले आइतबार एक विज्ञप्तिमार्फत जनाएको छ ।

नेकपा जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले विज्ञप्ति जारी गरेर तिरुवा नेकपामा नरहेको उल्लेख गरेका हुन् ।

‘जति निन्दा गरे पनि नपुग्ने उक्त अराजनीतिक उद्दण्ड, आतंककारी कार्यमा संलग्न जुम्ला जिल्ला सिञ्जा गाउँपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै शहीद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म नभएको उक्त व्यक्ति विप्लव समूहको गतिविधिमा रहेको जानकारी गर्दछु’ उनले विज्ञप्तिमा भनेका छन् ।

प्रतिकृया दिनुहोस्