हाम्रो देश
१६ मङ्सिर २०७८, बिहिवार

युवक हत्याको आरोपमा मेजरसँग लफडा गर्ने होटल सञ्चालकको परिवार नै पक्राउ, एक छोरा फरार

कैलालीको टीकापुरमा चक्कु प्रहार गरी युवकको ह,’त्या गरेको आरोपमा आठ जना पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको ह,’त्यामा संग्लन भएको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राति टीकापुर नगरपालिका–१ को सिद्धार्थ होटल नजिक च’क्कु प्र’हारबाट बडुवालको मृ’त्यु भएको थियो। पक्राउ पर्नेमा चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावल, उनकी श्रीमती र छोरा महेशसमेत रहेका छन् । घटनामा होटल सञ्चालक रावलका अर्का छोरा नविनकोसमेत संग्लनता देखिएको छ ।

तर, नविन भने फरार छन्। युवकको मृ’त्युपछि स्थानीयबाट संगम होटलमा तो’डफोड गर्ने प्रयास समेत भएको छ ।प्रहरीका अनुसार आइतबार नेपाली सेनाको सुदूरपश्चिम पृ’तना तालिम शिक्षालय गोरङ्गेका मेजर अशोकजँग शाहीसँग सोही होटलका सञ्चालक रावलको वि’वाद भएको थियो।

आ’क्रोशित स्थानीयले ढु’ङ्गामुढा गरेर मेजरको निजी गाडीमा तो’डफोड गरेका थिए भने उनको टाउकोमा पनि चो’ट लागेको थियो। हर्कबहादुरका छोरा महेशले प्रयोग गर्ने स्कुटर घ’टनास्थलमा भेटिएपछि उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए।