हाम्रो देश
१६ मङ्सिर २०७८, बिहिवार

पूर्व युवराज्ञी हिमानीले वीरगन्जमा गरिन् छठ पूजा

वीरगन्ज : पूर्व युवराज्ञी हिमानी शाहले बुधबार वीरगन्ज आएर छठ पूजा गरेकी छन्। काठमाडौंबाट साँझ छोरी पूर्णिका शाहसँगै वीरगन्ज स्थित घडीअर्वा पोखरी छठघाटमा आइ पुगेकी हिमानीले छठी माताको पूजापाठ गरेकी हुन्।

छठघाट परिसरमा रहेको सूर्य भगवान मन्दिरमा पूगेर छठीमाताको पूजापाठ गरेपछि उनले छठघाटमै रहेका छठका व्रतालु महिलाहरुसँग पनि बसेर केही बेर छठ माताको आरधाना गरिन्।
हिमानी छठघाट परिसरमा प्रवेश गरेलगत्तै हेलिकप्टरबाट पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल शाह र पूर्व युवराज्ञी हिमानीको फोटो अंकित प्रचार सामाग्री (स्टिकर ) खसालिएको थियो। हिमानीको स्वागतमा राजवादीहरुले छठघाट परिसरमै राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्दै नारा पनि लगाए थिए।