हाम्रो देश
१३ फाल्गुन २०७७, बिहिवार

रंगेली नगरपालिकाले ५० जना अपांगहरुलाई कृतिम हातखुट्टा प्रत्यारोपण गर्याे

फाल्गुन २० मंगलबार/रबिन्द्र बराल,माेरङकाे रंगेली नगरपालिका ले नगर भित्र छरिएर रहेका अति सक्त र सक्त रहेर रहेका ५० जना अपांग हरुलाई निशुल्क रुपमा कृतिम हात खुट्टा प्रत्यारोपण गरिएको छ । नगरपालिका काे सभाहलमा एक कार्यक्रम काे अायाेजना गर्दे अपांगहरु लाई कृतिम हात खुट्टा प्रत्यारोपण गरिएको हाे । नगरपालिकाले अपांग हरुलाई हुईल्चियर , कृतिम हातखुट्टा , बैशाखी, बेड , लगायतका समाग्रि हरु हस्तान्तरण गरिएका थिए । दुई महिना अगाडि अपांग हरुकाे स्वास्थ्य चेकजाँच गरे संगै हात खुट्टा नभएका व्यक्तिहरुलाई कृतिम हात खुट्टा प्रत्यारोपण गरिने भएको थियोे ।

सि.बि.अार बिराटनगरका ले दुई महिना अगाडि दिएकाे अाश्वशन पूरा गरेको स.बि.आर का प्रवन्धक रन्जना दाहाल ले बताईन । रंगेली नगरपालिका ले ९ लाख तथा सि.बि.अार बिराटनगरकाेे १ लाख रुपैयाँको सहयोगमा ५० जना अपांग हरुलाई कृतिम हातखुट्टा गरिएको कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदीले बताए ।सि.बि.अार बिराटनगरकाे प्राविधिक सहयोग मा अपाङ्गता भएका व्यक्तिहरुको लागि नाप जाँच तथा चेकजाँच गरि कृतिम हातखुट्टा प्रत्यारोपण गरिएको हाे । कार्यक्रम काे प्रमुख अतिथि रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया, बिषिष्ट अतिथि कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी , अतिथि हरुमा बडा अध्यक्ष रामचन्द्र मंन्डल, बडा का प्रतिनिधि ,बुद्धिजीवी लागायतकाेे समेत उपस्थिति रहेको थियोे ।

बगडियाले भने नगर क्षेत्रका अपांगहरुलाई आवस्यकता अनुसार कृतिम हात खुट्टा हुईलच्यर जस्ता सामग्री अाफ्नै लगानीमा बितरण गरिदै जाने र अरु थप अपांग हरु भएमा उनी हरुलाई समेत कृतिम हातखुट्टा प्रत्यारोपण गर्ने प्रतिवध्दयता समेत व्यक्त गरेका छन । नेपाल सरकारले अपांगहरुलाई चार वर्गमा बिभाजन समेत गरेको छ । राताे कार्ड भएका ब्यक्तिहरुलाई पुर्ण अपांग, निलाे कार्डलाई अतिअसक्त, पहेलाे कार्डलाई मध्यम र सेताे कार्ड सामान्य हुने गरि ताेकिएकाे छ । रंगेली नगरपालिका भित्रमा ६ सय जना अपांग हरु रहेका छन ।

प्रतिकृया दिनुहोस्