हाम्रो देश
१३ फाल्गुन २०७७, बिहिवार

अहिलेको सरकारमा भ्रष्टाचार बाहेक केही काम भएकै छैनः सभापति देउवा

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले  अहिलेको सरकारमा भ्रष्टाचार बाहेक केहि काम नभएको बताएका छन्। प्रेस यूनियन कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले डल्लो बजेटमार्फत भ्रष्ट्राचार बढेको बताए।

‘भ्रष्टाचार धेरै बढेको छ’ देउवाले भने, ‘डल्लो बजेटको नाममा कार्यकर्तालाई जथाभावी पैसा बाढ्ने काम भएको छ।’ उनले कांग्रेसले  भ्रष्ट्राचार विरुद्ध आवाज उठाइरहेको बताए।  सुदूरपश्चिम प्रदेश सरकारले पनि भ्रष्ट्राचार बाहेक केहि काम गर्न नसकेको देउवाले बताए। उनले सुदूरपश्चिमकोे सम्वृद्धीसँग जोडिएका आयोजनाहरु जनस्तरबाट निर्माण गर्नुपर्ने बताए। पश्चिमसेती, सुख्खा बन्दरगाह, गौरीफन्टा नाका लगायतका योजनाहरुलाई प्राथामिकता दिनुपर्ने उनले बताए।

एमसीसीले नेपाललाई ठुलो आर्थिक लाभ हुने देउवाको दावी छ। ‘एमसीसीबाट धेरै पैसा आउने छ’ उनले भने ‘बिरोध नगर्नुपर्ने हो, किन गर्दैछन्?’ विश्वभरी फैलीरहेको कोभिड– १९ कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिने भन्दैसभापति देउवाले चिन्ता व्यक्त गरेका छन्। त्यसबारे सबैले सचेत रहनुपर्ने उनले बताए।

सम्मेलनमा बोल्दै कांग्रेस सभापति देउवाले मृगौला प्रत्यारोपण गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

प्रतिकृया दिनुहोस्