हाम्रो देश
२१ फाल्गुन २०७७, शुक्रवार

ललितपुर हत्या प्रकरण (अपडेट) : पूर्वसचिव अर्जुन कार्की नै शंकाको घेरामा, कार्कीमाथि उठे यी ७ प्रश्न (भिडियो सहित)

ललितपुर :  ललितपुरको घरमै रहेका कामदारबाट हत्या गरिएकी मुना कार्की र विजय दुवैको मोबाइल लिएर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको सोमबार घरमै हत्या भएको थियो । उनको हत्यापछि विजय चौधरीले देहत्याग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिले दुवैजनाको मोबाइल डिटेल हेर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घरमा काम गर्ने अन्य महिला कामदार, ड्राइभर र प्लम्बरसँग पनि बयान लिइसकेको जनाएको छ । एसएसपी दुर्गा कार्कीले दिएको जानकारी अनुसार तीनैजनासँग बयान लिइसकिएको छ भने दुवैको मोबाइल फरेन्सिक ल्याबमा पठाइएको छ । उनीहरु दुवैको मोबाइलको कल डिटेल पनि सुक्ष्म रुपमा हेर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

तल दिइएको भिडियोमा मुना कार्की हत्या प्रशंगमा यस्ता प्रश्न उठाइएको छ । कलाकार सविता भट्टराईले यो भिडियोमा यस्ता प्रश्न उब्जाएकी छन् । भिडियोमा प्रस्तुत गरिएको उनको भनाईलाई लिएर सर्वसाधारणहरुले पनि थुप्रै प्रश्न सहितका प्रतिकृया लेखेका छन् ।

१. मुना कार्किलाई चौधरिले हत्या गरेर चौधरिले आफैले दे’ह’त्याग गरे भनिएको छ । ल अब तपाईहरु नै भन्नुस पुर्व सचिव कार्कि मन्दिरबाट घरमा फर्किदा मुनाको शरीर तातै थियो र उनलाई हस्पिटल लगियो तर चौधरि पछिबाट दे’ह’त्याग गर्ने चौधरिको शरीर किन चिसो शंका यहाँ छ ।

२. छोरालाई विद्यालय लैजान ५ मिनटको बाटोका लागि गाडी र ड्राइभर ब्यवस्था गरेका पूर्वसचिवले आफु भने सानेपावाट पशुपति सम्म जाँदा ड्राइभर नलिएर आफै गाडीमा किन गए ?

३. हिन्दु धर्मको मान्यता अनुसार श्रीमती महिनावारी भएको बेलामा धार्मीक काम गर्नका लागि श्रीमान पनि अपवित्र मानिन्छन् । रुद्रि पुजा श्रीमतीबीना एक्लै गरिदैन । तर मुनालाई घरमा महिनावारी भएको बेलामा एक्लै छोडेर पूर्व सचिव त्यही समयमा पुजा लगाउन भन्दै पशुपति मन्दीर किन गए ?

४. यदि महिनावारी बार्ने चलन त्यो घरमा थियो भने पुजा गर्न नगएकी मुना भान्छामा किन काम गर्दै थिइन् ?

५. कामदार विजय चौधरीको शरिरमा केही घाउ चोट समे नदेखिनु ।

६. सिसिटिभी फुटेजमा पनि मुनालाई पिर्काले हानेको मात्र देखिने तर घर भित्र भएका अन्य गतिविधि भने नदेखिने कारण के हो ?

७. गायीका आस्था राउतको घटनामा सामान्य विषयमा पनि सिसिटिभी फुटेज सार्वजनिक गर्ने प्रहरीले यस्तो विवादास्पद घटनाको भिडियो किन सार्वजनिक गर्दैन ?

 

प्रतिकृया दिनुहोस्