हाम्रो देश
१७ फाल्गुन २०७७, सोमवार

कोरोनाका कारण स्कुल-कलेज बन्द गर्ने कतारको घोषणा

दोहा : कोरोना भाइरस संक्रमणको त्रासका कारण कतारले देशव्यापी रुपमा स्कुल र विश्वविद्यालयहरु बन्द गर्ने घोषणा गरेको छ ।

सोमबार विज्ञप्ति निकाल्दै यही मार्च १० देखि नै लागु हुने गरी यस्तो घोषणा गरेको हो । अर्को सूचना जारी नभएसम्म यो घोषणा लागु हुने पनि सरकारले जनाएको छ ।

गल्फ मुलुकमा संक्रमितको संख्या १५ पुगिसकेको अवस्थामा कतारले विभिन्न १४ देशका यात्रुलाई प्रवेश निषेध गरेको छ ।

प्रतिकृया दिनुहोस्