हाम्रो देश
१६ मङ्सिर २०७८, बिहिवार

पर्साकाे ठोरीमा ११ बिघा क्षेत्रमा लगाइएको २ लाखभन्दा धेरै गाँजाकाे बोट प्रहरीद्वारा नष्ट

काठमाण्डाै – पर्साको ठोरीमा ११ बिघा जमिनमा स्थानीयले लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट डीएसपी प्रह्लाद कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले हिजो बिहान साढे नौ बजेदेखि बेलुका साढे पाँच बजेसम्म गाँजा फँडानी गरेको हो ।

दिनभरिमा लगभग दुई लाख २० हजार गाँजाका बोट नष्ट गरिएको पर्सा प्रहरीले जनाएको छ । अरु बाली जसरी खनजोत गरेर व्यवस्थित रुपमै गाँजा खेती गरेको भेटिएको र यसमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।