हाम्रो देश
१६ मङ्सिर २०७८, बिहिवार

सुन ताेलामा पाँच सय रुपैयाँले घट्याे

काठमाण्डाै – सुन आज ताेलामा पाँच सय रुपैयाँले घटेकाे छ । तोलामा ५ सय रुपैयाँले घटेर सुन आज अस्तिकै भाउमा काराेबार भइरहेकाे छ ।

आज सुन तोलाको ९४ हजार ३ सय रुपैयाँमा झरेको हो । यो हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले सस्तो हो । यस्तै, चाँदी पनि तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलामा १२ सय ९० रुपैयाँ थियो ।