हाम्रो देश
१५ मङ्सिर २०७८, बुधवार

दीपाश्री निराैला अभिनित म्युजिक भिडियो ‘कति बस्छ्यौ माइतीकै कौसीमा’ सार्वजनिक

काठमाडौं । छक्कापञ्जा टिमले तयार पारेको ‘कति बस्छ्यौ माइतीकै कौसीमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो बिहीबार म्युजिक नेपाल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । यो गीत पुरानो भर्जनमा पनि चर्चित हो । तर यसलाई हिमाल श्रेष्ठ र अन्जु पन्तको स्वरमा रिमेक गरिएको हो ।

यसअघिको ओर्जिनल स्वर स्वर्गिय गायक राम थापाकोको रहेको थियो । नयाँ भिडियोमा दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।