हाम्रो देश
१६ फाल्गुन २०७७, आइतवार

७ वर्षअघि प्रचण्डलाई थप्पड हानेका पदम कुँवर पक्राउ, यस्तो रहेछ कारण

काठमाडौं । नेपाल संवत ११३३ को अवसरमा तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) माथि थप्पड प्रहार गर्ने पदम कुवँर पक्राउ परेका छन् । नयाँ बानेश्वरमा रहेको संसद भवनको गेटमा रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।बागलुङका पदम कुँवरलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । वृत वानेश्वरमा डीएसपी दुर्गाराज रेग्मीले शौचालय छिरेका पदमलाई शनिबार राति हिसासतमा राखिएको बताए ।

उनले भने, “संसद भवनको गेटमै शौचालय छ । उनी त्यहाँ गएका रहेछन् । त्यसपछि ल्याइएको हो । मैले छाड्न भनिसकेको छु ।”प्रहरी स्रोतका अनुसार पदम शनिबार संसद भवनभित्र पसेका थिए । अबेरसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको बारेमो सोधखोज गरेको थियो । उनले नेताहरुले देश बिगारेको भन्दै संसद भवन पसेको प्रतिक्रिया दिएको प्रहरी स्रोतले बतायो ।

प्रतिकृया दिनुहोस्