हाम्रो देश
१६ मङ्सिर २०७८, बिहिवार

घरजग्गाको मूल्यवृद्धि घट्यो

काठमाडौं । पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घरजग्गाको मूल्य त बढेको नै छ, तर मूल्यवृद्धि भने ह्रास आएको एक अध्ययनले देखाएको हो ।

घरजग्गाको मूल्य सूचकांक सम्बन्धमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो देखाएको हो । नेपालमा घरजग्गाको मूल्य सम्बन्धमा भएको यो पहिलो अध्ययन हो । अध्ययनले गत आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो ९ महीनामा घरजग्गाको मूल्यवृद्धि कम भएको देखिएको हो ।

मालपोत कार्यालयबाट रजिस्ट्रेशन पास गर्दा राख्ने थैली रकम र वाणिज्य बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरूप राखिने घरजग्गाको मूल्यांकनसम्बन्धी तथ्यांकको आधारबाट घरजग्गाको मूल्य संकलन गरिएको हो । त्यसमा वाणिज्य बैंक धितो मूल्यांकनको आधारमा गत आवको ९ महीनामा घरजग्गाको मूल्यवृद्धि १६ दशमलव ३१ प्रतिशतमा झ’रेको छ ।

अघिल्लो आव २०७६/७७ यस्तो मूल्यवृद्धि २६ दशमलव ४५ प्रतिशत रहेको थियो ।यस्तै, मालपोत कारोबारको आधारमा गत आवको समीक्षा अवधिमा यस्तो मूल्यवृद्धि १२ दशमलव ५७ प्रतिशतमा झरेको छ, अघिल्लो आवमा भने यस्तो मूल्यवृद्धि १९ दशमलव ७३ प्रतिशत रहेको छ ।

को’रोना महामारीका कारण घरजग्गाा कारोबारमा शि’थिलता आउँदा मूल्यवृद्धि पनि कम भएको राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख तथा कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए ।‘हामीले नेपालमा घरजग्गाको मूल्य सूचकांकका विषयमा अध्ययन गर्ने प्रयास गरेका थियौं ।

त्यसमा सफल भइयो,’ उनले भने, ‘उक्त अध्ययनले पछिल्लो समय नेपालमा घरजग्गाको मूल्यवृद्धि कम भएको देखियो ।’ वित्तीय क्षेत्र विकास रणनीतिमा घरजग्गाको मूल्य सूचकांक तयार गर्ने जिम्मेवारी राष्ट्र बैंकलाई दिइएको थियो । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

त्यसअनुसार राष्ट्र बैंकले २०७४ देखि यस सम्बन्धमा प्रारम्भिक काम शुरू गरेको थियो । त्यसमा आव २०७५/७६ लाई आधार वर्षका रूपमा लिई घरजग्गा मूल्यको सर्वेक्षण गरिएको छ ।जग्गाको लोकेशन, आकार, मुख्य सडकसम्मको पहुँच, बाटोको साइज,

मोहडा, व्यापारिक तथा आवासीयजस्ता चरहरूलाई सूचकांकमा समावेश गर्न नसकिएको राष्ट्र बैंकको भनाइ छ । घरजग्गाको बढी कारोबार हुने स्थानहरू छिटोछिटो परिवर्तन हुने भएकाले अद्यावधिक मूल्य सर्वेक्षण कार्य ५ वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्ने देखिन्छ ।